Fast Nepal News

माघ महिनाको राशिफल

banner single news

मेष राशि(चु, चे, चो, ला, लि, लु, ले, लो, अ):

मेष राशिको लागि यो महिनामा छरछिमेकमा सम्पन्न हुने धार्मिक र शुभ कार्यमा संलग्न हुनु पर्नेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । स्थान परिवर्तनका विशेष योग देखिन्छन् । आजको श्रमबाट पछिलाई फाइदा पुग्न सक्छ । महत्त्वाकाङ्क्षी योजना गोप्य राखेर अघि बढ्नुहोला । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन । यो महिनाको लागि शुभ अङ्क १,६ र शुभ रङ्ग रातो वा निलो हो । कुनै शुभकर्म गर्नु अघि विष्णुभगवानको स्मरण गरि यात्रा गर्नाले अधिक सफलता मिल्नेछ ।

 

वृष राशि(इ, उ, ए, ओ, वा, वि, वु, वे, वो):

यो महिनामा शुभकार्यमा सरिक भइनेछ । लामो यात्रा सुखद् र सफल हुनेछन् । विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय छ । मध्य महिनाबाट आफ्नो विचार विपरित निर्णय हुनेछ । बाटो काट्दा वा यात्रा गर्दा सचेत हुनुपर्छ । आर्थिक नोक्सानी पनि हुन सक्छ । यो महिनाको लागि शुभ अङ्क १, ७ र शुभ रङ्ग हल्का गुलाबी वा रातो हो । कुनै शुभकर्म गर्नु पूर्व महामृत्युञ्जय भगवानको ध्यान गरि आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

Inside Article Ads

 

मिथुन राशि(का, कि, कु, घ, ङ, छ, के, को, हा):
मिथुन राशिका लागि माघ महिनामा तपाईंको राशिबाट आठौँ भावमा सूर्यले भ्रमण गर्नाले त्यति राम्रो फल मिल्नेछैन । व्यर्थको सास्ति खेप्नु पर्नेछ । अरूको वचन टाल्न नसक्दा दुःख पाइनेछ र खर्च पनि हुनेछ । महिनाको अन्त्यमा काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ । यो महिनाको लागि शुभ अङ्क ६,७ र शुभ रङ्ग सेतो वा हरियो हो । कुनै शुभकर्म गर्नु अघि हनुमानजीको स्मरण गरि यात्रा गर्नाले अधिक सफलता मिल्नेछ ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो):
यो महिना इच्छा र आकाङ्क्षा पूर्ण हुनसक्छ । सामाजिक मान प्रतिष्ठा मिल्नुका साथै कला साहित्यका क्षेत्रमा विशेष लगाव रहनेछ । रमाइलो भेटघाट हुनेछ । मुद्दा मामिलामा सफलता पाइनेछ । महिनाको उत्तरार्धबाट अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्नेछ । नजिकका व्यक्तिबाट कार्यमा बाधा आउला । महत्त्वपूर्ण अवसर गुम्न सक्छ । यो महिनाको लागि शुभ अङ्क ५,९ र शुभ रङ्ग पहेँलो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि महादेवको आरधना गरि कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

 

 

सिंह राशि(मा, मि, मु, मे, मो, टा, टि, टु, टे):
सिंह राशिका लागि माघ महिना लाभदायी रहनेछ साथै आर्थिक वृद्धि हुने देखिन्छ । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । जोशजाँगर र हिम्मत बढ्ला । प्रेमीबाट विशेष सहयोग मिल्नेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । विशिष्ट व्यक्तिको सहयोग प्राप्त हुनेछ । वैदेशिक यात्राको योग पनि बन्नेछ । यो महिनाको लागि शुभ अङ्क १,९ र शुभ रङ्ग पहेँलो वा नीलो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि शिवजीको स्मरण गरि कार्य आरम्भ गर्दा अधिक लाभ हुनेछ ।
कन्या राशि(टो, पा, पि, पु, ष, ण, ठ, पे, पो):
यो महिना समग्रमा सकारात्मक महिना रहेको छ । पारिवारिक सुख मिल्नुका साथै सुखद् यात्राका अवसर पनि प्राप्त हुनेछन् । शैक्षिक क्षेत्रबाट सामान्य सफलता मिल्नेछ । ठूला व्यक्तिले तपाइको मेहनतको प्रशंसा गर्नेछन् । कला र गलाको प्रभाव बढ्दै जानेछ । कूटनीतिक नियोगको सहयोग मिल्नेछ । ब्यापार व्यवसायबाट आम्दानी हुनेछ । यो महिनाको लागि शुभ अङ्क ३, ८ र शुभ रङ्ग निलो वा सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व विघ्नहर्ता गणेशजीको दर्शन गरि गरेको कार्यबाट अधिक सफलता मिल्नेछ ।

 

 

तुला राशि(रा, रि, रु, रे, रो, ता, ति, तु, ते):
तुला राशिको लागि यो महिनामा मिश्रित फल मिल्नेछ । ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नसक्छ । आफ्नो अधिकार प्राप्तिका लागि केही संघर्ष गर्नु पर्नेछ । अनावश्यक र नियमित खर्चसमेत बढ्ने योग छ । महिनाको उत्तरार्ध बाट ठीक समयमा सही निर्णय लिन सकिनेछ । नयाँ र शुभ कार्यको योग समेत रहेको छ । यो महिनाको लागि शुभ अङ्क १, ४ र शुभ रङ्ग हल्का पहेँलो वा रातो हो । शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि भगवान श्रीकृष्णजीको स्मरण गरि कार्य आरम्भ गर्दा शुभ फल प्राप्त हुनेछ ।
 
वृश्चिक राशि(तो, ना, नि, नु, ने, नो, या, यि, यु):
वृश्चिक राशिका लागि माघ महिनामा राम्रो फल मिल्नेछ । नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । नजिकका व्यक्तिको सहयोगबाट कार्य पुरा हुनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । वैदेशिक यात्राको योग छ । यो महिनाको लागि शुभ अङ्क ४, ९ र शुभ रङ्ग सेतो वा रातो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि सूर्य भगवानको स्मरण गरि कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ । 

 

 

धनु राशिका लागि माघ महिना इच्छा र आकाङ्क्षा पूर्ण हुने भएको छ । लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । शुभारम्भको चर्चा चल्नेछ । विशिष्ट व्यक्तिको भेटघाटले मन प्रसन्न हुनेछ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । यो महिनाको लागि शुभ अङ्क ४, ६ र शुभ रङ्ग हरियो वा पहेँलो हो । कुनै शुभकर्म गर्नु पूर्व महालक्ष्मीजीको दर्शन गरि कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

 

मकर राशि(भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि):
मकर राशिका लागि माघ महिना शुभ र नयाँ कार्यको थालनी हुनेछ । बोलीको भरमा कार्य सम्पादन हुनेछ । वाहन लाभ हुने समय छ । जोश जाँगर र हिम्मत बढ्नेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउला । कार्य सम्पादनमा सहजता मिल्नेछ । व्यापार व्यवसायमा औसत लाभ हुनेछ । सजिलै अरुको विश्वास जित्न सकिनेछ । यो महिनाको लागि शुभ अङ्क १, ७ र शुभ रङ्ग सेतो वा केशरी हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आफ्नो इष्ट देवताको स्मरण गरि कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

 

कुम्भ राशि(गु, गे, गो, सा, सि, सु, से, सो, दा):
कुम्भ राशिका जातकका लागि माघ महिनामा स्वास्थ्यमा तथा सौन्दर्यतामा धन खर्च हुनेछ । राजनैतिक कार्यमा बाधा आउनेछ । महिनाको मध्यबाट नसोचेको ठाउँबाट धनागम हुनेछ । ठूला व्यक्तिले तपाइको मेहनतको प्रशंसा गर्नेछन् । शुभ समाचार सुन्न पाइएला । शैक्षिक क्षेत्रमा सामान्य सफलता मिल्नेछ । कला र गलाको प्रभाव बढ्नेछ । यो महिनाको लागि शुभ अङ्क ४, ९ र शुभ रङ्ग रातो वा गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व गणेशजीको दर्शन गरि गरेको कार्यबाट अधिक सफलता मिल्नेछ ।

 

मीन राशि(दि, दु, थ, झ, ञ, दे, दो, चा, चि):
मीन राशिका लागि माघ महिनामा धार्मिक कार्य वा शुभ कार्य हुनेछ । सभासमारोहमा सरिक हुने सम्भावना छ । जटिल ठानिएको कामसमेत सम्पादन हुनसक्छ । विवाद र प्रतिस्पर्धामा सफलता मिल्नेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । घर, जग्गा खरिद तथा बिक्रीको योग छ । यो महिनाको लागि शुभ अङ्क ३,७ र शुभ रङ्ग पहेँलो वा रातो हो । कुन शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि बगलामुखीको ध्यान गरि आरम्भ गर्दा अत्यन्त लाभ प्राप्त हुनेछ । ज्यो.प. नारायणप्रसाद दुलाल – ९८४९५५९५०२)
Visited 17 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.