Fast Nepal News

पुष १७ गते आईतबारको राशिफल

banner single news

मेष राशि -(चु, चे,चो, ला,लि,लु,ले,लो,अ)

केही नयाँ काम थाल्ने समय छ धार्मिक एवम सामाजिक काममा सहभागी हुनाले मन रमाउनेछ । आज तपाइले सोचेका काम पुरा भइ सुखको अनुभव हुने दिन छ, साथै रुपैयाँ पैसाको पनि कारोबार राम्रै होला । परिवारजनको साथले नयाँ आशा पलाउने छ । दाम्पत्य जीवन सुखमा रमाउने समय छ ।

वृष राशि -(इ,उ,ए,ओ,वा,वि,वु,वे, वो)

साथीभाइसित बसेर छलफल र वार्तालाप हुनेछ र कुराकानीले धनलाभको बाटो पत्ता लाग्नेछ । नसोचेको ठाउँबाट आकस्मिक लाभ हुन सक्छ, तर पनि परिवारमा भने सामान्य विवाद होला । आकस्मिक निम्तोमा सहभागी हुने सम्भावना देखिन्छ । आहार विहारमा विशेष सतर्क रहनु राम्रो हुन्छ ।

मिथुन राशि- (का,कि,कु,घ,ङ, छ,के,को,हा)

गरेका कामहरुमा बाधा आउनुका साथै आर्थिक हानी हुनेछ, रोगको कारणले धनको पनि नाश होला । आज तपाइलाई अल्छी पनले सताउला, शरिरमा रोग लाग्नाले धनको पनि क्षति होला । पेटको खराबीले स्वास्थ्य कमजोर बन्नुका साथै काममा ढिलासुस्ती हुन सक्छ, खानपानमा बिचार पुर्याउनु होला ।

कर्कट राशि – (हि,हु,हे,हो,डा,डि,डु, डे,डो)

आर्थिक पक्षमा सफलता मिल्नुका साथै मिल्ने साथीसँगको भेटले मन रमाउने छ, प्रशस्त पैसाको कारोबार होला । परिश्रम अनुसार उपलब्धि राम्रै पाइएला । रोकिएका काम फेरी सुरु हुन सक्छन्, पाहुनाको आगमन हुने दिन छ ।तपाइको बुद्घिको सहि प्रयोग भइ चिताएका काममा सफलता पाइने योग छ, अन्नको लाभ पनि होला ।

सिंह राशि -(मा,मि,मु, मे,मो,टा,टि,टु,टे)

परिश्रम गर्न सके जती खेर जादैन अर्थ लाभ र प्रगतिको प्रसस्त सम्भावना छ, यात्रा पनि होला । आज चिताएको काममा सफलता पाइनेछ धन लाभ पनि हुने दिन छ, कूसैबाट समर्थन पनि पाइएला । धनको लाभ अर्थात रुपैयाँ पैसा कमाईने दिन छ, पुराना साथीसँगको भेटघाटले मन रमाउने छ ।

कन्या राशि-(टो,पा,पि,पु, ष,ण,ठ,पे,पो)

अनौठो र लाभदायक यात्राको योग छ । सर सामान बिग्रेर दुख पनि पाइएला, परिवारमा हल्का विवाद हुन सक्छ । शरीरमा सामान्य रोगले सताउला तर पनि समाजिक सम्मान भने पाउने समय छ, यात्राको पनि योग छ । अनौठो तरिकाबाट रुपैयापैसा कमाईने छ, आज रमाइलो यात्राको योग पनि रहेको छ, ।

तुला राशि-(रा,रि,रु,रे,रो,ता, ति,तु,ते)

Inside Article Ads

सोचे अनुरुप काम नहुने र बढी खर्चले गर्दा मनमा शान्ति मिल्ने छैन, सामान्य रोगले पनि सताउला । आर्थिक पक्ष खासै राम्रो छैन नसोचेको अनि बेकामको क्षेत्रमा पैसा खर्च हुनेछ सावधान रहनुहोला । आज तपाइलाइ सामान्य रोगले सताउला सावधान रहनु होला साथै भौतिक सरसामानको पनि क्षति हुने दिन छ ।

वृश्चिक राशि -(तो,ना, नि,नु,ने,नो,या,यि,यु)

प्रेम प्रसंगको बिग्रेको सम्बन्धमा केहि सुधार आएपनी मानसिक तनाब होला, सोचेको काम पुरा नहुन सक्छ । बिहानी पख सुखको अनुभव होला तर बेलुकी काम गर्नमा मन नलाग्न पनि सक्छ । बन्देन भनेको काम पनि तपाईको अथक प्रयासमा बन्ने दिन छ, आफन्तको सहयोग पनि प्राप्त हुने दिन छ ।

धनु राशि-(ये,यो,भा,भि, भु,धा,फा,ढा,भे)

शत्रु र रोग पन्छाउने उचित समय छ प्रयास गर्नु होला, पढाईमा भने आज खासै प्रगति नहोला । आजको दिन तपाइको पैसा कमाउने योग रहेको छ, नचिताएको ठाउँबाट आम्दानी हुने दिन छ । आम्दानीका प्रशस्तै बाटाहरु खुल्ने दिन छ, ब्यापार ब्यवसायमा राम्रै आम्दानी हुने दिन छ ।

मकर राशि-(भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)

गरेका कामहरु सफल हुनेछन्। भने अधुरा कामहरु पनि बन्ने छन, पैसा भने अनायसै खर्च होला । कुनै नया कामको थालनी गर्नु भए राम्रो हुन्छ, परिवारमा आर्थिक समस्याले पनि सताउने छ । काम गर्न जाँगर आउनाले धनको लाभ होला, सन्तान पक्षबाट सुखको अनुभुति पनि हुनेछ ।

कुम्भ राशि- (गु, गे, गो, सा,सि,सु,से,सो,दा)

झै झगडाको सम्भावना छ, मनमा डरले पनि डेरा जमाउने छ, सावधान रहेर काम गर्नु होला । तपाईलाई आज अनावश्यक रुपमा डर लाग्न सक्छ सतर्क रहनु होला, कसैसंग हल्का मनमुटाव पनि होला ।विचार बढने समयमा निर्णय नहुदा काममा अवरोध आउने र मनमा चिन्ता बढने योग छ।

मीन राशि- (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

केहीले सम्मान गर्नेछन् केहीले अनावश्यक डर देखाउने किसिमको मिश्रित समय छ । तपाइको आज कसैबाट आदर पाउने दिन छ, तर पनि जागिरमा भने खासै मन नजाला । धनमान पाउने योग छ । नोकरी तथा राजनितीमा आफ्नो बर्चस्व बढाउन सकिनेछ ।

 

Visited 7 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.