
मेष राशि – (चु, चे,चो, ला,लि,लु,ले,लो,अ)
आम्दानी सामान्य र खर्च बढी हुनाले मनमा पीर परिरहला । व्यावसायिक काममा सोचेकोजति प्रगति देखिन्न। सानो-सानो कुरामा समेत घरपरिवारमा कचिङ्गल परिरहनेछ। जागिरकै क्षेत्रमा समेत तपाईंलाई मद्दत गर्नेभन्दा दोष देखाउने धेरै हुनेछन्।
वृष राशि –(इ,उ,ए,ओ,वा,वि,वु,वे, वो)
दिन राम्रैखालको छ । काम गर्ने उत्साह बढ्ला भने गरेका काम बन्नेछन् । खर्च त घट्ने छैन तर आम्दानीको स्रोत बलियो हुनाले त्यति डराउनुपर्ने स्थिति छैन । वादविवाद बढी पर्ला तर पनि विजय तपाईंकै निश्चित छ । मित्रहरूले राम्रै सहयोग दिनेछन् ।
मिथुन राशि – (का,कि,कु,घ,ङ, छ,के,को,हा)
यो दिनलाई राम्रो रूपमा लिन सकिन्छ । मनमा अलि–अलि शङ्का र भय त होला तर त्यसले खास बिगार गर्ने देखिन्न। काम गर्ने उत्साह प्रशस्त बढ्ला। गरेका काम बन्ने पनि छन् । तपाईंबाट असल एवम् कल्याणकारी काम हुन सक्छ।
कर्कट राशि –(हि,हु,हे,हो,डा,डि,डु, डे,डो)
दिन त्यति राम्रो देखिन्न । त्यसैले थोरैमात्र बोल्ने र बढी रकमको लेनदेन नगर्नुहोस् । कूटनीतिक प्रतिभा नभए पनि बौद्धिक स्तर त्यति घटेको छैन । स्वास्थ्यस्थिति मध्यम रूपमा रहला ।
सिंह राशि –(मा,मि,मु, मे,मो,टा,टि,टु,टे)
मध्यमखालको दिन छ । दौडधुप बढी गर्नुपर्ला अनि मात्रै केही काम बन्नेछन् । सोचेकोभन्दा थोरैमात्र लाभको स्थिति देखिन्छ । सानोतिनो यात्रासमेत पनि होलाजस्तो छ । प्रेम वा विवाहको कुरा भने हाल भाँडिन सक्छ । इन्द्राणीको दर्शन गर्नुमा कल्याण हुनेछ।
कन्या राशि – (टो,पा,पि,पु, ष,ण,ठ,पे,पो)
भोलिको दिनलाई त्यति राम्रो भन्न सकिन्न । सानो–सानो कुरामा पनि वादविवाद परिरहला । सङ्घर्ष नगरीकन कुनै पनि काम बन्ने छैन ।आउँदा दिनमा भने केही सफलता नै प्राप्त होला ।
तुला राशि –(रा,रि,रु,रे,रो,ता, ति,तु,ते)
शत्रु बाधा र स्वास्थ्य बाधा दुवैको सामना गर्नुपर्ने बेला छ । गणेशको सेवा नगरीकन कुनै पनि काममा खास सफलता पाउनुहुने छैन । शिक्षाको क्षेत्रमा समेत धेरै अवरोध आउनेछन् । व्यावसायिक कामबाट सामान्यखालको लाभमात्र लिन सक्नुहुन्छ।
वृश्चिक राशि – (रा,रि,रु,रे,रो,ता, ति,तु,ते)
सुरुमा शरीरमा बिसन्चो हुन सक्छ । पेटसम्बन्धी सिकायत भइरहला । दिन राम्रै खालको छ । अलिकति परिश्रम थपेमा निकै काम बन्ने पनि छन् । तर, समस्यासित कुस्ती खेल्नुपर्ने स्थिति भने छ । सूर्यको दर्शनले धेरै फाइदा हुने देखिन्छ।
धनु राशि – (ये,यो,भा,भि, भु,धा,फा,ढा,भे)
सामान्य रूपले केही काम बन्ला तर स्वास्थ्यका कारणले लक्ष्य प्राप्त गर्नुहुने छैन । हातले समातेको व्यवसायले गतिलै लाभ देला।
मकर राशि –(भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
खर्च त घट्न सक्ने छैन तर आम्दानी राम्रो हुनाले खास समस्या पर्ने देखिन्न । शिक्षाकै काममा बढी खर्च हुन जाला । मनमा अलि–अलि डर लागिरहला । प्रेमबारे सकारात्मक कुरा हुनेछन् । विवाहको कुरा पनि प्रगतितिर नै जानेछ । व्यापारमा हाल हानि देखिन्न ।
कुम्भ राशि –(गु, गे, गो, सा,सि,सु,से,सो,दा)
भोलिको दिनलाई राम्रो रूपमा लिन सकिन्छ । अस्थिरता र शङ्का भए पनि बिग्रने समय छैन । मित्रहरूसँग भेटघाट हुने र भोजभतेर पर्नेसमेत देखिन्छ । नजिकका भन्दा पनि टाढाका मित्रबाट गतिलो सहयोग मिल्ला । व्यापारको काममा हानि छैन।
मीन राशि – (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
खर्च बढे पनि रमाइलो गर्न छोडिने छैन। मनोरञ्जनका कार्यक्रम प्रशस्त हुनेछन्। मित्रहरूको सहयोगले केही नयाँ कामसमेत हातमा पर्न सक्छ। गणेशको आराधना नगरीकन बढ्दो खर्चलाई पुर्याउन गाह्रो पर्ला । केही नयाँ साथीसमेत थपिन सक्छन्।
Visited 5 times, 1 visit(s) today
