Fast Nepal News

पुष ६ गते बुधबारको राशिफल

banner single news

 

मेष राशि -(चु, चे,चो, ला,लि,लु,ले,लो,अ)

लामो समयदेखि रोकिएको काम बन्नेछन् । आम्दानीमा कमी हुने छैन, नसोचेको ठाउबाट धन आउने दिन छ । आजको दिन तपाइको आयआर्जन सन्तोषजनक रहने छ, पारिवारिक समस्या पनि बढ्ने देखिन्छ । रुचिका विषयमा लगानी बढाउने समय छ नसोचेको ठाउँबाट आम्दानी हुने दिन छ ।

वृष राशि -(इ,उ,ए,ओ,वा,वि,वु,वे,
वो)

साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ । मन त्यसै फुरुङ्ग हुने समय छ, धनको लाभ हुनेछ । काममा जोस जागर आउनाले मन प्रफुल्ल होला, सेयरबजारका काममा पनि सफलता मिल्न सक्छ । व्यापार–व्यवसायमा लाग्नेहरूलाई विशेष फाईदा होला, आर्थिक लाभ हुने दिन छ ।

मिथुन राशि- (का,कि,कु,घ,ङ, छ,के,को,हा)

काममा आलस्य जाग्ने र खर्चको मात्रा बढ्ने देखिन्छ, भने कसैसंग मनमुटाव हुनसक्छ । वादविवादमा पर्न सकिन्छ एकदमै सावधान रहनु होला, अनायसै रुपैयाँपैसाको साटो पनि क्षति हुने दिन छ । आफ्नै कमजोरीले विवादमा परिने योग छ, सचेत रहनुहोला साथै मनमा पिडाले पनि सताउने छ ।

कर्कट राशि – (हि,हु,हे,हो,डा,डि,डु, डे,डो)

श्रमको उचित मूल्यांकन हुनेछ । तर काममा ढिलाई भइ सोचेको काम नबन्न सक्छ । काम तथा नोकरीमा झमेलाको सामना गनुपर्ने दिन छ, तर व्यापारमा भने लाभ मिल्ला । कामको सन्दर्भमा प्रतिष्ठित व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ, मानसम्मान पनि पाइएला ।

सिंह राशि -(मा,मि,मु, मे,मो,टा,टि,टु,टे)

पारिवारिक आवश्यकता पूर्ति होला । घरपरिवारमा राम्रो सम्बन्ध बन्नेछ, दिन मनोरन्जनका साथ बित्नेछ । सोचेको काम बन्नाले मन हर्षित हुन्छ, मान्यजनको आगमन पनि हुन सक्छ । स्वादिष्ट भोजनको आनन्द पाइएला । आफन्त र मित्रहरूसँग भेटघाट र रमाईलो गरिने छ ।

कन्या राशि-(टो,पा,पि,पु, ष,ण,ठ,पे,पो)

आम्दानीको स्रोत समेत बढ्नेछ । बाहन चौपाया आधीको कामबाट फाइदा हुने देखिन्छ । नोकरी तथा राजनितीमा गरेका प्रयास हरु फलदायी रहनेछन्, सामान्यतया दिन ठिकै छ । कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्नेछ । पारिवारिक सुख समृद्धिमा बृद्धि हुनेछ ।

Inside Article Ads

तुला राशि-(रा,रि,रु,रे,रो,ता, ति,तु,ते)

स्वास्थ्य कमजोर रहनाले काम गर्न नसकिएला, नसोचेको ठाउँमा धनको नाश हुने दिन छ । स्वास्थ्यमा गडबडीको संकेत गर्दैछ, खानपिनमा एकदमै सावधान रहनु होला । सानातिना काम र घरेलु समस्यामै अल्झनुपर्ने देखिन्छ भौतिक साधनको क्षति हुने दिन छ ।

वृश्चिक राशि -(तो,ना, नि,नु,ने,नो,या,यि,यु)

पितृधनको उपयोगबाट विशेष फाइदा होला । केहि अधुरा काम सम्पन्न हुनेछन्, पढाइमा मन जानेछ । काममा सहयोगी साथीभाइहरुले राम्रो साथ दिनेछन्, खेतीपातीको कामबाट राम्रो लाभ लिन सकिन्छ । नयाँ जिम्मेवारी पाईएला । दैनिक कामकाज सजिलै सम्पन्न हुनेछन्, रोकिएका कामहरु बन्ने दिन छ ।

धनु राशि-(ये,यो,भा,भि, भु,धा,फा,ढा,भे)
आफूले सोचेभन्दा बढी नै लाभ हन्छ । निर्माण तथा व्यवहारिक क्षेत्रमा मन लाग्नेछ । तपाइका प्रशंसा गर्नेहरु बढ्नेछन्, व्यापार व्यबसायबाट पनि प्रशस्त फाईदा हुने देखिन्छ। व्यबसायिक काममा राम्रै फड्को मार्न सकिनेछ साथै धनलाभ पनि हुनेछ ।

मकर राशि-(भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)

खर्च लागे पनि लामो यात्रा गर्ने अवसर जुट्न सक्छ । सानो प्रयासले रोकिएको काम बन्नेछ । टाढाको यात्राबाट धनप्राप्त हुने दिन छ, आफन्तजनको सहयोग पनि प्राप्त हुनेछ । अवसर आए पनि विचार गरेर मात्र नयाँ काम सुरु गनु होला कतै टाढाको यात्राको सम्भावना छ ।

कुम्भ राशि- (गु, गे, गो, सा,सि,सु,से,सो,दा)

अहिलेको समस्या तत्काल समाधान नहुन सक्छ केहि रुपैयाँपैसामै सामाजिक भने खर्च गर्नु पर्ने छ । भौतिक साधनको क्षतिले गर्दा खर्च हुने दिन छ, शरीरमा सामान्य रोगले पनि सताउन सक्छ । स्वास्थ्यगत कमजोरीले सताउला मनमा घरायसी पिडाले डेरा जमाउन सक्छ ।

मीन राशि- (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

टाढिएका आफन्तको यादले पिरोल्नेछ । अन्य कुरामा सुखले साथ दिनेछ, समयको भने बचत गर्नु होला । तपाईले चिताएको काममा सफलता नमिल्न सक्छ, साथीभाईहरु रुष्ट हुनेछन । प्रतिस्पर्धामा केही कमजोर सावित भइएला चिताएको काम पुरा नहुन सक्छ ।

Visited 12 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.