Fast Nepal News

पुष ४ गते सोमबारको राशिफल

banner single news

मेष राशि -(चु, चे,चो, ला,लि,लु,ले,लो,अ)

नयाँ कार्य थालनीको सम्भाबना रहेको छ । सभा सम्मेलनजन्य कार्यमा सामान्य मानसम्मान प्राप्तिको सम्भाबना रहेको छ । जीवनसाथीको साथ सहयोगद्वारा ब्यापार ब्यवसायका क्षेत्रमा मनग्य लाभ प्राप्त  हुनेछ। निर्णय गर्ने क्षमतामा बृद्धि हुनेछ । मनोरञ्जनका स्रोत र साधनका श्रेत्रमा सामान्य खर्च बढ्न सक्नेछ ।

 

वृष राशि -(इ,उ,ए,ओ,वा,वि,वु,वे, वो)

प्रतिस्पर्धाजन्य कार्यमा बिशेष सजग रहनु होला । सामान्य आर्थिक अभावको सम्भावना रहेको छ । परिवारका सदस्यहरु बाट टाढा भएको महशुस हुनेछ । सामाजिक कार्यमा सहभागीता जनाउने अवसर प्राप्त  हुनेछ। कार्य सम्पादनमा सामान्य झन्झट उत्पन्न हुन सक्नाले दिन निराशापूर्ण रहनेछ ।

मिथुन राशि- (का,कि,कु,घ,ङ, छ,के,को,हा)

रचनात्मक कार्य तथा मनोरञ्जनका क्षेत्रमा समय ब्यतित हुनेछ । आम्दानीका दिर्घकालिन स्रोतहरु फेला पर्नेछन ।स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । नयाँ कार्य थालनीको अवसर समेत प्राप्त हुनेछ । बौद्धिक ब्यक्तित्वहरुको सहयोगले कार्य सम्पादनमा बिशेष फाईदा हुनेछ ।

कर्कट राशि – (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

स्थिर क्षेत्रमा गरिएको लगानी उत्तम साबित रहनेछ । भौतिक स्रोत साधनको प्रयोगमा समय ब्यतित हुनेछ । मान्यजनहरुको साथ सहयोगमा अधुरा कार्यहरु सम्पादित रहनेछन । आम्दानी मध्यम रहने समय रहेको छ । कार्यक्षेत्रमा शारिरीक आलस्यताले सताउन सक्नेछ ।

सिंह राशि – (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

बल तथा पराक्रममा बृद्धिहुने योग रहेकोछ । नयाँ मित्रजनहरु सगँको भेटघाटले मन प्रशन्न रहनेछ । गरिरहेको कार्यमा व्यबधान उत्पन्न गराउनेहरुको बृद्धि हुनेछ । तपाईद्वारा सम्पादित कार्यको श्रेय अन्य ब्यक्तिहरुले प्राप्त गर्नेछन । शारीरिक आलस्यताले सताउन सक्नेछ लगानी गर्दा बिशेष होस पुर्याउनु पर्ने समय रहेको छ ।

कन्या राशि – (टो,पा,पि,पु, ष,ण,ठ,पे,पो)

स्वास्थका क्षेत्रमा सामान्य सुधारको योग रहेको छ । भोज भतेरजन्य कार्यमा सहभागीताको समय रहेको छ । बिश्वासिला ब्यक्तिहरुबाट सामान्य धोका हुन सक्नेछ । बानीमा मधुरता छाउनाले प्रतिस्पर्धी शुभ चिन्तक बन्नेछन । भौतिक स्रोत साधनको प्रयोगमा समय ब्यतित रहनेछ ।

तुला राशि – (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

Inside Article Ads

गरिरहेको कार्यमा सामान्य ढिलाई रहेता पनि कार्य सम्पादित भने रहनेछ । पारिवारिक साथ सहयोग प्राप्त रहनेछ । अध्ययन अध्यापनमा समय उत्तम रहेको छ । स्वास्थका क्षेत्रमा सामान्य सुधारको योग रहेको छ । भोजभतेरजन्य कार्यमा सहभागीताको समय रहेको छ ।

बृश्चिक राशि –( तो, ना, नि, नु, ने, नो, या, यि, यु)

स्वास्थमा सामान्य तनाव उत्पन्न हुन सक्नेछ । तत्कालिन आर्थिक अभाबको सामना गर्नुपर्नेछ । सामान्य यात्राको सम्भाबना रहेको छ । मित्रजनहरुको साथसहयोग प्राप्त रहनेछ । मनको चन्चलताले कार्य क्षेत्रमा ब्यबधान उत्पन्न हुनेछ । तपाईको कार्यको फाईदा मित्रजनले प्राप्त गर्नेछन ।

धनु राशि –(ये,यो,भा,भि, भु,धा,फा,ढा,भे)

बौद्धिक ब्यक्तित्वहरुको साथ सहयोग प्राप्त रहनेछ । अध्ययन अध्यापनमा समय उत्तम रहेको छ । आय आर्जनका निम्ती समय राम्रो रहेको छ । आम्दानीका बिभिन्न स्रोतहरु फेला पर्नेछन । खानपानमा साबधानि उत्तम रहनेछ । मित्रजनहरुको साथ सहयोग प्राप्त रहनेछ । सन्तान सुख प्राप्त हुनेछ ।

मकर राशि –(भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)

सामाजिक कार्यमा जुट्ने समय रहेको छ । सभा सम्मेलनजन्य कार्यमा सामान्य मानसम्मानको प्राप्ती हुनेछ । मान्यजनहरुको स्वास्थमा सामान्य तनाव उत्पन्न हुन सक्नेछ । सवारीसाधन तथा भौतिक साधनको प्रयोगमा सावधानी अपनाउनु होला । खानपानको क्षेत्रमा सजग रहनु होला ।

कुम्भ राशि – (गु, गे, गो, सा,सि,सु,से,सो,दा)

मित्र तथा दाजुभाईहरुसगँको सम्बन्धमा सामान्य विवाद उत्पन्न हुन सक्नेछ । अरुद्वारा गरीएको कार्य त्रुटिका कारण तपाईलाई सामान्य तनाव आईपर्न सक्नेछ । कार्य क्षेत्रमा मन लागेपनि सामान्य त्रुटिले मानसिक चिन्ता दिलाउने छ । तपाईको कमजोरीको फाईदा अरुले उठाउन सक्नेछन ।

मिन राशि –(दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

खानपानका कारण स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । बानी व्यबहारका कारण आफन्तजनहरुसगँको सम्बन्धमा सामान्य तनाव उत्पन्न हुन सक्नेछ । मनमा सामान्य डर पैदा हुने साथै मनमा चञ्चलताले वास गर्ने छ । मान्यजनको साथ सहयोगले आम्दानीका क्षेत्रमा सहयोग पुग्नेछ।

Visited 6 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.