Fast Nepal News

आजको राशिफल

banner single news

आज मिति २०७९ साल मंसिर २७ गते मंगलबार अथात् १४ डिसेम्बर को राशिफल पढ्नुहोस्।

मेष राशि -(चु, चे,चो, ला,लि,लु,ले,लो,अ)

कीर्तिमानी काम सम्पादन हुन सक्छ । विभिन्न अवसर पाइनेछ । नया कामको सुरुवात खासै राम्रो छैन । कार्यमा हैरानी बढ्न सक्छ । पारिवारिक भेटघाटको समय छ । टाढिएका आफन्तहरू नजिकिनेछन ।

वृष राशि -(इ,उ,ए,ओ,वा,वि,वु,वे, वो)

कीर्तिमानी काम सम्पादन हुन सक्छ । विभिन्न अवसर पाइनेछ । नया कामको सुरुवात खासै राम्रो छैन । कार्यमा हैरानी बढ्न सक्छ । पारिवारिक भेटघाटको समय छ । टाढिएका आफन्तहरू नजिकिनेछन ।

मिथुन राशि- (का,कि,कु,घ,ङ, छ,के,को,हा)

एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । विशेष योजनाहरू बन्नेछन् । नयाँ ज्ञान सिक्ने मौका छ । पढाइमा प्रगति हुनेछ । आत्मीयजनसँग भेटघाट होला । सरसफाइ, बगैंचा सम्बन्धी काममा आकर्षित होइएला ।

कर्कट राशि – (हि,हु,हे,हो,डा,डि,डु, डे,डो)

नयाँ काममा हात हाल्न केही समय पर्खंनुहोला । गरी आएको कामलाई भने निरन्तरता दिनु होला । पिडा दिनेहरु सक्रिय रहन सक्छन एकदमै सावधान रहनु होला । केही कामका अवसर फुत्कने सम्भावना देखिन्छ, सचेत रहनुहोला।

सिंह राशि -(मा,मि,मु, मे,मो,टा,टि,टु,टे)

भूमि, वाहन र पैत्रिक सम्पत्तिको उपयोगबाट प्रशस्त लाभ उठाउन सकिनेछ । लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ । प्रतिभा देखाएर अवसर हातपार्न सकिनेछ । मनन, ध्यान वा रचनामा रुचि बढ्नेछ । घरमा बसेरै विभिन्न काम सम्पादन गर्न सकिनेछ।

कन्या राशि-(टो,पा,पि,पु, ष,ण,ठ,पे,पो)

व्यापारमा फाइदै हुनेछ । काममा मातापिताको सहयोग प्राप्त होला । मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । भौतिक साधन जुट्नेछन् । कृषि तथा पशु व्यवसायबाट लाभ हुने समय छ। प्राकृतिक पर्यावरणमा रमाउने दिन छ ।

Inside Article Ads

तुला राशि-(रा,रि,रु,रे,रो,ता, ति,तु,ते)

अरूलाई प्रभावित पारेर काम लिन सकिनेछ । मेहनत गर्दा सफलता प्राप्त होला । व्यवसायका लागि यात्रा सम्भावना छ, दाम्पत्य जीवन सुखद रहला । लामो यात्राको प्रक्रिया अघि बढ्नेछ। प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ।

वृश्चिक राशि -(तो,ना, नि,नु,ने,नो,या,यि,यु)

अस्वभाविक प्रलोभनले अप्ठ्यारोमा परिएला । यसले आफ्नो स्वतन्त्रतामा बाधा पुर्याउन सक्छ। उद्योग तथा व्यापारमा सामान्य फाइदा मिल्नेछ । साथै सामान्य रोगले सताउला । सहयोगीहरूले हात झिक्नाले केही समस्या थपिने देखिन्छ । धन तत्काल खर्च गर्नुपर्ला।

धनु राशि-(ये,यो,भा,भि, भु,धा,फा,ढा,भे)

लगानी, दौडधुप, श्रम र प्रयत्नको उचित मूल्य नपाइने समय छ । उत्साहजनक समाचारले हर्ष बढ्नेछ । चिताएको काम पुरा नहुन सक्छ । समझदारी बढ्न सक्छ । कृषि तथा पशुपालनमा खर्च बढ्नेछ ।

मकर राशि-(भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)

आस मारेको काम बन्नाले उत्साह जाग्नेछ। सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ । आम्दानी बढ्नुका साथै भौतिक साधन जुटाउन सकिनेछ । नयाँ सवारी साधन प्राप्तिको योग छ। दीर्घकालीन रूपमा फाइदा हुने काममा हात हाल्ने समय छ। तार्किक क्षमता बढ्नेछ।

कुम्भ राशि- (गु, गे, गो, सा,सि,सु,से,सो,दा)

धार्मिक अनुष्ठान र मंगलमय काम सम्पादन हुन सक्छन्। व्यवसायमा लाभ होला । कार्यमा पनि प्रशस्तै फाइदा हुनेछ । गुरुजनको विशेष सहयोग जुट्नेछ । अवसरले पछ्याउनेछन् भने बोलीको प्रभाव पनि बढ्नेछ । धनलाभ होला ।

मीन राशि- (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

निश्चय भएको काम अचानक बिग्रन सक्छ । साथीभाइबाट धोका होेला । आश्वासन दिएर झुक्याउनेहरूले सताउनेछन गोपनीयतामा ध्यान दिँदै सचेत रहनुहोला । पुरानो समस्याले केही झमेला आइलाग्न सक्छ । दाम्पत्य सम्बन्धमा पनि केही नराम्रो होला ।

Visited 15 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.