
आज मिति २०७९ साल मंसिर २२ गते बिहीबार अथात् ८ डिसेम्बर को राशिफल पढ्नुहोस्।
मेष राशि -(चु, चे,चो, ला,लि,लु,ले,लो,अ)
धनलाभको योग रहेको छ । व्यापार–व्यवसायमा लगानी बढाउने समय छ। आफन्त, परिवारजनमा आत्मीयता बढ्नेछ।
वृष राशि -(इ,उ,ए,ओ,वा,वि,वु,वे, वो)
आयआर्जनका स्रोत बढ्नेछन् भने व्यापारमा पनि बढी नै फाइदा हुने समय छ । परिवारजनका आवश्यकता पूरा हुनेछन् । मन प्रसन्न हुनेछ, साथै पढाइमा पनि केहि प्रगती हुने दिन रहेको छ । आज ब्यापारबाट प्रशस्त धनलाभ हुनेछ । भौतिक साधनहरू जुट्नेछन् । कृषिउपज र पशुधनबाट पनि राम्रै फाइदा हुनेछ
मिथुन राशि -(का,कि,कु,घ,ङ, छ,के,को,हा)
काममा स्थानान्तरण हुन सक्छ । लामो यात्रा सम्भावना छ । लाभ हुने काम प्रारम्भ गर्ने समय छ । साझेदारीमा पनि राम्रो फाइदा हुनेछ । गरेका कामहरूको धेरैले प्रशंसा गर्नेछन् । नोकरीमा पदोन्नति र पढाइलेखाइमा पनि प्रगतिको समय छ । घर–जग्गा तथा बन्धुबान्धवसँग असमझदारी बढ्ने योग छ ।
कर्कट राशि – (हि,हु,हे,हो,डा,डि,डु, डे,डो)
आर्थिक कारोवार अति आवश्यक बाहेक नगर्नुनै उचित हुनेछ । नोकरीमा पदोन्नति र स्थानान्तरण हुने सम्भावना छ । विपरीत लिंगीहरूप्रति आकर्षण बढ्नुका साथै प्रेम र मित्रताको बन्धनमा कसिनेछ तर धनको भने नसोचेको नाश हुने दिन छ । काममा बाधा हुन सक्छ । प्रतिस्पर्धीहरूले आफ्नो ठाउँ ओगट्न सक्छन् ।
सिंह राशि -(मा,मि,मु, मे,मो,टा,टि,टु,टे)
भविष्यका लागि विशेष काममा जग बसाउने अवसर प्राप्त हुनेछ । बाध्यताले अप्ठ्यारोमा पार्न सक्छ । अस्वस्थताका बाबजुद कामको दायित्व बढ्नेछ । हातमा आएका केही अवसर गुम्न सक्छन । चोटपटक वा हाड–जोर्नीमा समस्या आउने देखिएकाले सवारीसाधन वा हातहतियार उपयोग गर्दा सावधानी अपनाउनुहोला ।
कन्या राशि-(टो,पा,पि,पु, ष,ण,ठ,पे,पो)
दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ । गरिएका कामको राम्रै मूल्यांकन हुनेछ । भौतिक साधनसमेत जुट्नाले प्रसन्नता मिल्नेछ । रोकिएका काम बन्नुका साथै आयआर्जनका स्रोतसमेत बढ्नेछन् । कृषि, पशुधनबाट पनि यथेष्ट लाभ मिल्नेछ । आफ्नै कमजोरीले परिवारजनमा असन्तुष्टि बढ्न सक्छ ।
तुला राशि-(रा,रि,रु,रे,रो,ता, ति,तु,ते)
आटेको काममा सफलता मिल्नेछ । तपाइको प्रतिभाको उच्च मूल्यांकन हुनेछ । नोकरीमा पदोन्नति र राजनीतिमा लाग्नेहरूलाई विशेष फाइदा हुने समय छ । समयमा निर्णय लिन नसक्ता हातमा आएको अवसर गुम्न सक्छ ।
वृश्चिक राशि -(तो,ना, नि,नु,ने,नो,या,यि,यु)
स्थायी सम्पत्तिका विषयमा केही विवाद आउन सक्छ । अन्धविश्वासको भरमा काम गर्नाले दुःख पाइनेछ । धार्मिक काममा बाधा सृजना हुन सक्छ सजक रहनुहोला ।
धनु राशि-(ये,यो,भा,भि, भु,धा,फा,ढा,भे)
व्यावसायिक काममा खर्च बढ्नेछ भने अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ । मानसम्मानका साथमा प्रशस्तै आम्दानी बढ्ने समय छ । जीवनसाथीको सहयोगले थप लाभ र आनन्द मिल्नेछ ।
मकर राशि-(भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
प्रतिस्पर्धीलाई परास्त गर्न सकिनेछ । परिवारजनको सहयोगले उत्साह बढाउनेछ । स्वास्थ्यका लागि भारी खानपानमा सजग रहनुहोला।उत्साहवर्द्धक समाचार सुन्न पाइनेछ ।
कुम्भ राशि- (गु, गे, गो, सा,सि,सु,से,सो,दा)
कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्नेछ । स्थायी सम्पत्ति बढाउन सकिनेछ ।
मीन राशि- (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
