Fast Nepal News

आजको राशिफल

banner single news

आज मिति २०७९ साल मंसिर २१ गते बुधबार अथात् ६ डिसेम्बर को राशिफल पढ्नुहोस्।
ज्योतिष (कृष्णप्रसाद कोईराला

मेष राशि ( सहयोगीहरूले काममा सहयोगको तत्परता देखाउनेछन् । समयको गतिलाई पछ्याउन प्रयत्न गर्नुहोला । गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ ।

वृष राशि ( लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ । समय लागे पनि काम सम्पादन हुनेछन् ।

मिथुन राशि ( व्यापार–व्यवसायमा लाभ हुनेछ। व्यवसाय विस्तारका लागि यात्रा पनि हुनेछ। कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ ।

कर्कट राशि ( सोख पूर्तिका लागि खर्च बढ्ला। दाम्पत्य सम्बन्धमा रमाउने समय छ । दिन मनोरञ्जनपूर्ण रहनेछ । नयाँ काम पाइनेछ । स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला । आलस्यले गर्दा अवसर गुम्न सक्छ।

सिंह‌ राशि ( नयाँ ज्ञान सिक्ने मौका छ। आम्दानी प्रशस्तै बढ्नेछ । नयाँ सवारी साधन प्राप्तिको योग छ। आतिथ्यपूर्ण सम्मान पाइएला । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । अरूको भरपर्दा काम रोकिन सक्छ । हिम्मत गर्न नसक्दा योजना कार्यान्वयन नहुन सक्छ ।

कन्या राशि ( रोकिएका काम बन्नाले उत्साह जाग्नेछ। संघर्ष गरेरै अधिकार स्थापित गर्न सकिनेछ। शत्रुहरू किनारा लाग्नेछन्। प्रतिस्पर्धामा पनि विजयी भइनेछ। सहयोगीहरूले राम्रो साथ दिनेछन् ।

तुला राशि ( चुनौती चिर्दै काम सम्पादन गर्न सकिनेछ। खर्चको मात्रा बढ्ने देखिन्छ । व्यवसायमा लगानी बढाउनुपर्ने समय छ।

वृश्चिक राशि ( पठनपाठनमा राम्रै प्रगति हुनेछ । व्यापारलगायत आर्थिक लाभ हुने काममा राम्रै फाइदा हुनेछ। स्वादिष्ट भोजनमा मन रमाउनेछ। रोकिएका काम बन्ने दिन छ।

धनु राशि ( भेटघाटको अलमलले काममा बाधा पुर्याउन सक्छ । नयाँ कामको प्रस्ताव आए पनि हिम्मत गर्न नसक्दा केही पछि परिनेछ ।

मकर राशि ( रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ ।

कुम्भ राशि ( आफूले तय गरेको योजना गोप्य राखेर काममा अघि बढ्नुहोला। पुरानो गतिले काम बिग्रन सक्छ। प्रशस्त धन आर्जन गर्ने मौका छ । पारिवारिक जमघटमा मन रमाउनेछ।

मीन राशि( लगनशील भएर काम गरे राम्रै उपलब्धि हुनेछ। बुद्धिको सही रुपमा उपयोग गरी काममा अगाडि बढ्नुहोस्। धैर्यसाथ निरन्तर काममा सक्रिय रहनुहोला।

Inside Article Ads
Visited 11 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.