Fast Nepal News

कृषिज्ञान केन्द्र लमजुङद्धारा जिल्लाभरी आलु खेती प्रवर्दन विशेष कार्यक्रम अन्तर्गत जिल्लाका ११ वटा स्थान छनोट

banner single news

सुमित्रा भुजेल

माघ ३०,बेसीशहर । कृषिज्ञान केन्द्र लमजुङद्धारा जिल्लाभरी आलु खेती प्रवर्दन विशेष कार्यक्रम अन्तर्गत जिल्लाका ११ वटा स्थान छनोट गरिएको छ । जिल्लामा आलु खेती प्रवर्धनका लागि ११ वटा स्थान छनौट गरिएको हो । कृषि ज्ञान केन्द्र लमजुङका कृषि अर्थविद मदन रेग्मीका अनुसार जिल्लामा आलु खेती प्रवर्धन विशेष कार्यक्रमका लागि ४५ लाख बजेट आएको र सोही अनुसार जिल्लाका ११ वटा स्थानका २१.५ हेक्टर जमिनमा आलु खेती प्रवर्दन कार्यक्रम गरिएको छ । कुल ४ सय ३० रोपणीमा हिउदे आलु लगाईएको छ । ११ वटा स्थान अन्तर्गत मध्यनेपाल नगरपािलकामा ४ वटा, सुन्दरवजारनगरपालिकामा २ वटा, राईनास नगरपािलकामा ३ वटा , दोर्दी गाउँपालिकामा १ वटा र मस्र्याङ्दी गाउँपालिकामा १ वटा स्थान छनौट गरिएको छ ।

यसैगरी गरी मध्यनेपाल नगरपािलकामा ४ वटा स्थानको वटा १ सय २० रोपणी जग्गा , सुन्दरवजार नगरपालिकामा २ वटा ९० रोपणी , राईनास नगरपािलकामा ३ वटा १ सय ३० रोपणी , दोर्दी गाउँपालिकामा १ वटाको ३० रोपणी र मस्र्याङ्दी गाउँपालिकामा १ वटाको ७० रोपनी जग्गामा सोही ठाउँका कृषकलाई आलु खेती लगाउन लगाईएको कृषि अर्थविद मदन रेग्मीले बताउनुभयो । आलु खेती प्रवर्दनका लागि जिल्लामा आएको बजेटबाट ३० हेक्टर जमिनमा आलु खेती गर्नुपर्ने भनिएकामा ११ वटा स्थान अन्तर्गत २१.५ हेक्टर हिउदे आलुको लागि र बाकी ८.५ हेक्टर माथिल्लो भेग मनाङ र मस्र्याङ्दी गाउँपालिकामा गरिने बर्खे आलुका लागि छुट्याईएको छ । कृषि ज्ञान केन्द्रका बाली संरक्षण अधिकृत विजय राज पौडेलका अनुसार ११ वटा स्थानका केहीमा शनिवार अनुगमन समेत गरिएको थियो । जिल्लाका राईनास नगरपालिका र सुन्दरवजगारको ढुसेनीमा अनुगमन गर्न बाकी रहेको छ ।

Inside Article Ads

आलु खेतीका लागि कति क्षेत्रफल रहे, विउ कहाँबाट ल्याईएको ,कुन लगाएको क्षेत्रफल पुग्यो पुगेन् भनी डिजिटल प्रविधिबाट अनुगमन गरेको थियो । अनुगमनमा कृषकहरुले सम्झौता बमोजिम आलु खेती गरेको पाईएको बताउनुभयो । अनुगमनमा कार्यलय प्रमुख रोहीणीराज घिमिरे, बागबाणि विकास अधिकृत विरेन्द धितालबागबाणी विकास अधिकृत सुर्यकान्त अधिकारी, बाली संरक्षण अधिकृत विजय राज पौडेल, लगायतको उपस्थिति रहेको थियो । यस कार्यक्रम अन्तर्गत बर्षे आलुको लागि पनि सहयोग पुग्ने उहाँले बताउनुभयो ।

बर्षे आलु खेती भने फागुन महिनामा लगाउने भएकाले मनाङ र लमजुङका माथिल्लो भेग मस्र्याङ्दी गाउँपलिकाको केही स्थानमा केही समयपछि सम्झौता र आलु खेती प्रवर्दनको कार्यक्रम गरिने कृषिज्ञान केन्द्रले जनाएको छ ।

Visited 8 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.