
३२ श्रावण,काठमाडौँ- कृषि मन्त्री भुसालले दिएको जानकारीअनुसार अहिलेसम्म १३ लाख ५ हजार ३ सय ६१ पशुमा लम्पी स्किन संक्रमण भएको बताएका छन् । त्यसमध्ये उपचारपश्चात १० लाख ८२ हजार १ सय ५९ पशु निको भइसकेका छन् । त्यस्तै अहिले १ लाख ७५ हजार ५ सयभन्दा बढी पशुमा लम्पी स्किनको संक्रमण कायम रहेको पनि मन्त्री भुसालले जानकारी दिए।


कृषि तथा पशुपन्छी विकासमन्त्री वेदुराम भुसालले लम्पी स्किन नियन्त्रणका लागि तीनै तहको सरकारको समन्वयमा काम भइरहेको बताएका छन् । बिहीबार प्रतिनिधिसभाअन्तर्गतको कृषि समितिमा देशभरको लम्पी स्किन रोगको अवस्थाबारे विवरण प्रस्तुत गर्दै मन्त्री भुसालले भारत र चीनबाट लम्पी स्किनविरुद्ध खोप आयातको पहल भइरहेको बताएका हुन् ।किसानलाई राहत दिन बजेट चाहिएको र त्यसको लागि सरकारले आवश्यक प्रबन्ध मिलाईरहेको मन्त्री भुसालको भनाई छ।
