Fast Nepal News

कृषि कर्म गर्न गाउँ फर्केका ‘क्रान्तिकारी’ जिवनतारा भट्ट  

उनले कुनै बेला नेपाल रेडक्रस सोसाईटीमा राम्रै तह मानिने उप निर्देशकको रुपमा जागिर खान्थे

banner single news

लमजुङ । राईनास

“सक्छौ जागिर नखाउ, सक्दैनौ जागिर खाउ, झन्डामुनि बस तर दरबार नपस।” यो भनाई भिमसेन थापाका भाई रणधिरसिंह थापाको हो । हुन त अहिले देशमा राजसंस्था छैन र दरबारको रजगज पनि छैन । त्यसैले उनको उक्त उक्तिको पछिल्लो वाक्यांश हटाउने हो भने “सक्छौ जागिर नखाउ, सक्दैनौ जागिर खाउ” भन्ने उक्ति भने अहिलेको समाजमा निकै नै चलन चल्तीमा छ । हुन पनि अहिले एकथरि शिक्षित जमात जागिर खान भन्दा आफनै व्यवसाय गर्न उद्यत छ । खुला बजार अर्थतन्त्रले जुन खालको अवसर सिर्जना गरेको छ त्यसको प्रत्यक्ष लाभ लिन थेरै पठित युवाहरु लालायित रहदै आएका छन् । हुन त योग्यहरुका लागि जागिरको राम्रै अवसर रहन्छ । आँफै केही गर्ने प्रबल लालसा बोकेका शिक्षित व्यक्तिहरुको मन हुँदाखादाको जागिरमा समेत कहाँ अडिदो रहेछर । जागिर खाने उमेर रहदा रहदै पनि बीचैमा जागिर त्यागेर भए पनि आफनै केही गर्ने मनशुवा बोकेका मानिसहरुको संख्या पनि खोजीपसे उस्तै बग्रेल्ती भेटन पक्कै सकिन्छ । त्यस्तै एक उदाहरण हुन लम्जुङ राईनासका जीवन तारा भट्ट ।उनी कुनै बेला नेपाल रेडक्रस सोसाईटीमा राम्रै तह मानिने उप निर्देशकको रुपमा जागिर खान्थे । त्यहि भित्र पनि उनलाई संभावनाहरु धेरै थिए । तर आँफै केही गर्नुपर्छ भन्ने हुटहूटीले उनलाई हुँदाखादाको जागिर छाडन् वाध्य तुल्यायो ।

र हात हाले रेस्टुरेण्ट व्यवसायमा । उनी भन्छन् ’आँफनै केही गर्नुपर्छ भनेर मैले जागिर छोडेर रेस्टुरेण्ट व्यवसायमा लगानी गर्दै व्यवसायिक यात्रा शुरु गरे, तर सोचे जस्तो सफलता भने हात लागेन र बिचैमा त्यो व्यवसाय छोडन पुगे’ उनले आफ्नो विगत सम्झदै भने । उनी हतास भएनन् । आफनै व्यवसाय संचालन गर्ने आफनो धोको पुरा गर्न भए पनि सपना भने पूर्ण रुपमा साकार नभएको महशुस गरे उनले । अनि नविन योजनाका साथ अघि बढने सोच बोकेर संभावित नयाँ लगानीको क्षेत्र पहिल्याउन तल्लिन रहे । करिब ३० बर्ष रेडक्रसको केन्द्रिय कार्यालयमा जागिरदार रहेका उनको काठमाडौंमै बन्दोबस्ती भैसकेको थियो । अर्थात उनले काठमाडौंमै घर जोडिसकेका थिए । उनलाई नपुग्दो केहि थिएन । बैंक ब्यालेन्स र घर भाडा लगायतका स्रोतबाट पनि उनको गुजारा सहजै चल्ने हैसियत उनको थियो पैतृक सम्पत्ति नचलाउँदा पनि । अर्कोतर्फ रेडक्रस छोडे पनि लेखा सम्बन्धी कामको अनुभवले उनमा अन्य संस्थाहरुमा जागिरको संभावना पनि थिए । त्यस्तै, साना र मझौला क्षेत्रमा लगानी गर्दै काठमाडौंमै बसेर काम गर्न सक्ने गक्ष उनको थियो । तर एकाएक उनले साथीभाई, ईस्टमित्र, आफन्तजन लगायत चिनेजानेका सबैलाई चकित पार्ने निर्णय लिन पुगे । जुन निर्णय थियो आफनै जन्मथलोमा फर्केर व्यवसायिक कृषि कर्म अपनाउने । सुकिला मुकिलाहरुको संगतमा भुलेका र काठमाडौंको शहरिया वातावरण घुलमिल भएका र रमाईलोमा चुर्लुम्म डुबिसकेका जिवनताराको त्यो निर्णय धेरैका लागि अपत्यारिलो थियो । एक शब्दमा भन्नु पर्दा उनको त्यो निर्णय ’क्रान्तिकारीता’ नै थियो । किनकी अक्सर मानिसहरु शहर पसिसकेपछि गाउँघर बिर्सेंर त्यतै हराउने गर्दछन् । गाउँ फर्कनलाई पनि ठुलै आट बटुल्नुपर्छ । त्यसैले हामीले कौतुहलताको भावमा उनलाई सोध्यौ त्यत्रो बर्ष काठमाडौं बस्नु भएको मानिस कसरी गाउँ फर्कने सोच पलायो ? यसको प्रतिउत्तर दिन गाँठी खोल्दै उनी भन्छन् ‘आफ्नो गाउँघर जन्मथलोका लागि केही गर्ने चाह मन भित्र गडेर रहेको थियो । त्यसलाई पनि पुरा गर्ने र आफनो व्यवसायिक सोचलाई सार्थक पार्ने अवसर भनौ या लालसा त्यसले गर्दा म मेरो जन्मथलो तिनपिप्ले फर्कने निचोडमा पुगे’ ।

 

Inside Article Ads

जिवन आफनो सपना साकार पार्न अन्तत: आफनै गाउँ फर्किए, व्यवसायिक रुपमा पोल्टी फर्म सञ्चालन गर्ने सोचसहित । खान बस्न त पुर्ख्यौली घर छदै थियो उनको । तर ठुलो स्केलमा व्यवसाय गर्न भने आफनै पुर्ख्यौली जग्गाजमिन भएको ठाउँहरु यथेष्ट र उपर्युक्त हुने निष्कर्ष सहित जग्गाको जोहो गर्न तिर लागे । पहिलो चरण जग्गा उनले फिल्ड स्टडि गरे । जग्गाको चाजोपाँजो मिलाउन उनलाई धेरै समय लागेन ।चेपे नदि नजिकै टार क्षेत्रमा करिब २७ रोपनी जग्गामा उनले आफनो सोचलाई मुर्तरुप दिन कम्मर कसिहाले । अनि शुरु भयो उनको जीवनको नयाँ अध्याय । लगत्तै उनले चेपे मर्स्याङदी एग्रो फर्म दर्ता गरे । सँगसँगै कत्ति बिलम्ब नगरि पोल्टी फार्मका  लागि चाहिने आवश्यक संरचना निर्माणमा पनि जुटे । ७,८ महिनामा टहरा   तयार भयो । जुन कुखुराका लागि चार ओटा  टहरा  निर्माण भएका छन् । उक्त संरचनामा हाल १२ हजार कुखुरा  छन् । हालसम्म उनको करिब ३ करोड लगानी भैसकेको छ । उनको फर्मले प्रत्यक्ष रुपमा आठ जनालाई रोजगारी समेत दिएको छ । अप्रत्यक्ष रुपमा अरु समेत लाभान्वित भएका छन् ।दुई बर्ष अघि अर्थात २०७७ सालमा सुरु भएको उनको फर्म सन्तोषजनक  रहेको  उनी बताउछन् । चेपे मर्स्याङदी फर्मले आफनो बजार समेत बिस्तार गर्दै लगेको छ । लम्जुङ बाहेक तनहुँ, गोरखा, कास्की र चितवनसम्म सप्लाई हुने बताउँछन् l मासुमा आत्मनिर्भर बनाउनु पर्ने आवाज उठिरहेका बेला उनले त्यसका निम्ती पनि योगदान पुर्याईरहेका छन् । त्यसो त यस बाहेक पनि ग्रामिण अर्थतन्त्रलाई टेवा मिल्ने र गाउँमै रोजगारीको अवसर सिर्जना गर्दै त्यस भेगमै नमुना पेश गर्न समेत उनी सफल भएका छन् । आफ्नो पुस्तेनी जग्गालाई पनि बाझो नराख्ने सोच अनुरुप जिवन फसल उत्पादनमा पनि सकृय छन् ।

 

उनको गाउँफिर्तीले वास्तवमै राईनासमा रौनकता समेत छाएको छ । यसबाट उनी अझै हौसिएका छन् । शहर छाडनुको न त बिस्मादै छ उनमा, न त कुनै चिन्ता बरु उत्साहित बन्दै गएको देखिन्छन् । ‘म गाउँमै हुर्के बढे, यो ठाउँका लागि पनि त मेरो केही जिम्मेवारी छ, त्यो पुरा गर्न गाउँ फर्केको हुँ । नगरोन्मुख हाम्रो गाउँठाउ सुविधा सम्पन्न हुँदै गएको पनि छ, उता (काठमाडौं) जस्तो खोजेर त कहाँ पाईन्छ र, तर आफनै जन्मथलो र गाउँघरको रमाईलो छुट्टै हुन्छ, म यतै रमाई राखेको छु ।’ उनले आफनो मनको कुरा खुलस्त पार्दै भने ।

Visited 11 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.