
काठमाडौं । साहित्य, गजल र संस्कृतिको सुन्दर संगमका रूपमा श्यामकृष्ण महर्जनको लघुकथा संग्रह ‘अन्तराल’ र दिपक नेपालीको गजल संग्रह ‘गुलाबी रहरहरु’ को संयुक्त पुस्तक विमोचन तथा सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ।
होडोफाईल गाईजको आयोजनामा तथा पासा पुचको सह–आयोजनामा हुने उक्त कार्यक्रम २०८२ माघ ३ गते शनिबार बिहान ११ बजे काठमाडौंको ठूलो भर्याङ्ग यातायात कार्यालयको पार्किङ्ग स्थल मा सम्पन्न हुने आयोजकले जनाएको छ।
कार्यक्रमका प्रमुख अतिथिका रूपमा बरिष्ठ साहित्यकार कलानिधि दाहाल सहभागी हुनुहुनेछ। साथै, कार्यक्रममा चर्चित लोकगायिका बिष्णु सेवा सहित अन्य स्थानीय कलाकारहरूको सांगीतिक तथा सांस्कृतिक प्रस्तुति रहनेछ।
आयोजकका अनुसार उक्त कार्यक्रमले समकालीन नेपाली साहित्य, गजल र लोकसंस्कृतिलाई एउटै मञ्चमा जोड्दै साहित्यिक चेतना र सांस्कृतिक पहिचान प्रवर्द्धन गर्ने उद्देश्य राखेको छ। साहित्यप्रेमी, संस्कृतिकर्मी र सर्वसाधारणलाई कार्यक्रममा उपस्थित भई साहित्यिक उत्सवमा सहभागी हुन हार्दिक निमन्त्रणा गरिएको छ।
