
काठमाडौ । असाेज २२
सिक्किमेली लघुकथा समाजकि संस्थापक अध्यक्ष लघुकथाकार त्रिपुरा खरेलसङ्ग स्रष्टा मिलन कार्यक्रम सम्पन्न भयो ।
राजधानी स्थित द लंका क्याफे, बसुन्धरामा सम्पन्न भएको उक्त कार्यक्रममा लघुकथा सम्बन्धि बिचार विमर्श हुनुका साथै लघुकथाकार त्रिपुरा खरेलको तीनवटा लघुकथा वाचन तथा समीक्षा गरिएको थियो ।
सो अवसरमा लघुकथाकार तारा के.सी.ले खरेलको ‘शान्तिको खोजी नामक लघुकथा वाचन गर्नुभएको थियो भने समीक्षक कुमुद शर्मा प्याकुरेलले त्यसको समीक्षा गर्नुभएको थियो।
त्यसैगरि एन्जल निलुले वाचन गर्नुभएको ‘तागत’ शीर्षकको लघुकथाको समीक्षा समीक्षक ध्रुवराज थापा ‘पुरुष’ले गर्नुभएको थियो।
अतिथि त्रिपुरा खरेलले ‘नकल’ नामको तेस्रो लघुकथा आफैँले वाचन गर्नुभएको थियो। सो लघुकथाको समीक्षक दीपक लोहनीले समीक्षा गर्नुभएको थियो।
खरेलका भाइ साहित्यकार मुनाल पोखरेलले आफ्ना बाबु मुर्धन्य साहित्यकार भएता पनि परिवारका सदस्यलाई साहित्यमा लाग्न प्रतिबन्ध भएको अनुभव साझा गर्नुभयो।
सो अवसरमा लघुकथाकार कात्यायनले ‘कोमामा आमा’ नामक आफ्नै लघुकथा वाचन गरेर सुनाउनु भएको थियो ।

अतिथि खरेललाई साहित्यकार तारा के.सी. र एन्जल निलुले खादा अर्पण गर्नुभएको थियो भने समीक्षक दीपक लोहनीले खरेललाई शुभकामना पत्र हस्तान्तरण गर्नुका साथै कार्यक्रम सन्चालनमा सहजिकरण गर्नुभएको थियो।
साहित्यकार त्रिपुरा खरेल सिक्किमबाट माईती देश आउनुभएको अवसर पारेर सो कार्यक्रम आयोजना गरिएको थियो ।
राजधानीमा बसेर लघुकथा क्षेत्रमा सक्रिय रहनुभएका लघुकथाकारहरु दीपक लोहनी, कुमुद शर्मा प्याकुरेल, धन्वन्तरी मिश्र, एन्जल निलु र ध्रुवराज थापा ‘पुरुष’ले स्रष्टा सम्मान कार्यक्रमको आयोजना गर्नुभएको थियो। यो स्रष्टा सम्मानको तेस्रो श्रृङ्खला भएको वताईएकाे छ ।
