
काठमाडौं ।भाद्र २१
हाम्रो लघुकथा केन्द्र बागमती प्रदेशको आयोजनामा “सर्जकसँग सर्जकहरू” कार्यक्रम सम्पन्न भएको छ । वरिष्ठ लघुकथाकार तथा लघुकथा समाजका संस्थापक अध्यक्ष श्रीओम श्रेष्ठज्यूको निवासमै गएर कार्यक्रमको आयोजना गरिएको थियो । उक्त साक्षात्कार कार्यक्रममा श्रीओम श्रेष्ठलाई सम्मान गरिएको थियो भने लघुकथाको वारेमा विचार विमर्श पनि गरिएको थियो । सो अवसरमा वरिष्ठ साहित्यकार श्रीओम श्रेष्ठले सहभागीहरुका लघुकथा सम्बन्धि जिज्ञासा जिग्याँसाकाे जवाफ दिदै श्रेष्ठले लघुकथा समाज स्थापनाकाे पृष्ठभूमि र तत्सम्बन्धी गतिविधिहरूका साथै लघुकथाकाे बर्तमान अबस्थाबारे प्रकाश पार्नु भएकाे थियाे । उक्त छलफलबाट सदस्यहरूले लाभान्वित भएकाे अनुभूति गरेका थिए। साथै वहाँले आफ्ना जीवनका अनुभवहरु पनि साझा गर्नुभएको थियो ।
उक्त कार्यक्रममा स्रष्टाको परिवारका सदस्यका साथै हाम्रो लघुकथा केन्द्र बागमती प्रदेशकी अध्यक्ष ईन्दिरा चापागाईं, उपाध्यक्ष ध्रुवराज थापा ‘पुरुष’, सचिव मनिषकुमार शर्मा ‘समित’, कोषाध्यक्ष मन्दिरा चापागाईं, सदस्यहरु रमेश सुवेदी र शान्ता तिमल्सिनाको उपस्थिति रहेको थियो ।
