Fast Nepal News

पाकिस्तानका लागि नेपाली राजदूत अधिकारी र रेहमानबीच भेट

banner single news

काठमाडौं । पाकिस्तानका लागि नेपाली राजदूत तपस अधिकारी र पाकिस्तानी समितिकी विदेश विभाग प्रमुख शेरी रेहमानबीच इस्लामावादमा भेटवार्ता भएको छ ।
भेटवार्ताको दौरान नेपाल–पाकिस्तान सम्बन्ध, सार्क तथा क्षेत्रीय सहयोगको विषयमा कुराकानी भएको नेपाली राजदूत अधिकारीले जनाएका छन् । भेटवार्तामा दुवै पक्षले नेपाल र पाकिस्तानबीचको सम्बन्ध अझै मजबुद बनाउने प्रतिबद्धता जनाएका थिए । भेटमा संसदीय भ्रमण, व्यापार, पर्यटन, लगानी, संस्कृति र जनताहरुबीच भ्रमण गराउनुपर्नेमा दुवै पक्षले जोड दिएका थिए ।
भेटमा रेहमानले आफूले नेपाल भ्रमणका बेला गरेको अनुभव पनि सुनाएका थिए ।

Inside Article Ads
Visited 19 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.