Fast Nepal News

अमेरिका र बेलायतबाट खोप किन्न पत्राचार

banner single news

काठमाडौँ — ११ जेष्ठ

काठमाडौँ, सरकारले अमेरिका र बेलायतबाट ५०–५० लाख मात्रा कोरोनाविरुद्धको खोप खरिदका लागि पत्र पठाएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा सोमबार जारी विज्ञप्तिअनुसार अमेरिकाको जोन्सन एन्ड जोन्सनको खोप ५० लाख मात्रा खरिद गर्न दूतावासबाट समन्वय भइरहेको छ ।सोही परिमाणमा अक्सफोर्ड–अस्ट्राजेनेकाको खोप खरिद गर्न बेलायती निकायसँग समन्वय भइरहेको विज्ञप्तिमा उल्लेख छ ।

अमेरिकाबाट खरिद गर्न खोजिएको जोन्सन एन्ड जोन्सन खोपको नेपालमा हुने प्रभावकारिताबारे भने सरकारले केही उल्लेख गरेको छैन । स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले अमेरिका, बेलायत, रुस, चीन र भारतसँग खोप ल्याउन पत्राचार गरेको सोमबार पत्रकार सम्मेलनमा बताए ।

नेपालमा सबैभन्दा पहिले भारतले १० लाख मात्रा खोप अनुदान दिएको थियो ।त्यसपछि भारतबाट २० लाख मात्रा खोप खरिदको सम्झौता गरे पनि हालसम्म १० लाख मात्रा मात्र आइपुगेको छ । आफूकहाँ संक्रमणको दोस्रो लहर बढेसँगै भारतले निर्यात रोकेको छ ।

Inside Article Ads

नेपाललाई चीनले ८ लाख मात्रा खोप अनुदान दिएको छ । भारतीय सेनाले नेपाली सेनालाई एक लाख मात्रा खोप सहयोग गरेको थियो । यस्तै, ३ लाख ४८ हजार खोप भने नेपालले कोभ्याक्स सुविधाबाट पाएको थियो । त्यसबाहेक नेपालले अरू खोप ल्याउन सकेको छैन ।

( आजको कान्तिपुर दैनिकमा )

Visited 1 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.