Fast Nepal News

भारतले बनाएको कोरोनाको औषधि काम यसरी गर्छ ?

कोरोना संक्रमणबाट गम्भीर विरामी परेकाहरुलाई अक्सिजनमाथिको निर्भरतामा कमी ल्याउन सघाउने भनिएको यो औषधि खुला बजारमा भने उपलब्ध भइसकेको छैन ।

banner single news

४ जेठ, काठमाडौं । भारतका रक्षामन्त्री राजनाथ सिंह र स्वास्थ्य मन्त्री हर्ष वर्द्धनले भारतमा उत्पादित कोभिड विरुद्धको औषधि टु–डिजी अर्थात् 2-deoxy-D-glucose एक कार्यक्रमकाे अायाेजना गरि सार्वजनिक गरे । भारत सरकारका अनुसार टु–डिजी औषधि जेनेरिक मोलिक्यूलका साथै ग्लुकोजको एनालग भएको हुँदा सजिलै उत्पादन गर्न सकिन्छ र ठूलो परिमाणमा उपलब्ध गराउन सकिन्छ ।

भारतको राष्ट्रिय औषधि नियामक निकाय ड्रग्स कन्ट्रोलर जनरल अफ इण्डिया (डिसीसीआई) ले गत मे १ तारेखमै सिकिस्त तथा मध्यम अवस्थाका कोभिड १९ का विरामीलाई आकस्मिक प्रयोगका लागि यो औषधिलाई स्विकृति प्रदान गरेको थियो ।पाउडरको रुपमा तयार पारिएको यो औषधि पानीमा घोलेर खानुपर्नेछ ।

भारतको नयाँदिल्लीस्थित इन्स्टिच्यूट अफ न्युक्लिएर मेडिसिन एण्ड अलाइड साइन्सेस (आइएनएमएएस) ले टु–डिजी औषधिको विकास गरेको हो ।हैदरावादस्थित डाक्टर रेड्डीज ल्याबोरेटरिज कम्पनीसँगको सहकार्यमा प्रतिरक्षा अनुसन्धान तथा विकास संस्था (डिआरडिओ) को प्रयोगशालामा यो औषधिको विकास गरिएको भारतको रक्षा मन्त्रालयले हालै एक विज्ञप्तीमा जनाएको छ ।

औषधिले कसरी काम गर्दछ ?

भारत सरकारका अनुसार यो औषधिमा रहेका अणुहरुले कोभिड १९ संक्रमणबाट अस्पताल भर्ना भएका विरामीहरुलाई छिटो निको हुन सहयोग पुर्‍याउने गरेको चिकित्सा परीक्षणका क्रममा देखिएको छ । साथै यो औषधि सेवनबाट कोभिड १९ का विरामीलाई बाहिरबाट अक्सिजन दिनुपर्ने आवश्यकता पनि कम हुन्छ ।

Inside Article Ads

परीक्षण

अर्को महत्वपूर्ण कुरा भनेको यो औषधि भाइरसले संक्रमित कोषहरुमा जम्मा हुन्छ अनि भाइरल सिन्थेसिस र ऊर्जा उत्पादन बन्द गरेर भाइरसको वृद्धि रोक्दछ । भाइरस संक्रमित कोषहरुमा मात्र यो औषधि गएर जम्मा हुने र संक्रमित कोषहरुमा भाइरसको थप वृद्धि रोक्ने क्षमता भएको हुनाले यो औषधि अद्वितीय भएको भारत सरकारको दाबी छ ।

दोस्रो चरणको क्लिनिकल ट्रायल सफल भएसँगै भारतको सर्वोच्च औषधि नियामक निकाय ड्रग्स कन्ट्रोलर जनरलले तेस्रो चरणको क्लिनिकल ट्रायलका लागि गत वर्षको नोभेम्बर २० मा अनुमति दिएको थियो ।

तत् पश्चात् गत डिसेम्बरदेखि मार्चसम्ममा भारतका दिल्ली, उत्तरप्रदेश, पश्चिम बंगाल, गुजरात, राजस्थान, महाराष्ट्र, आन्ध्र प्रदेश, तेलंगाना, कर्नाटक तथा तमिलनाडुका विभिन्न २७ वटा अस्पतालमा भर्ना भएका २ सय २० जना कोभिड १९ का विरामीहरुमा टु–डिजी औषधिको तेस्रो तथा अन्तिम चरणको क्लिनिकल ट्रायल गरिएको स्राेतले जनाएकाे छ ।

Visited 5 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.