Fast Nepal News

कोरोनाबाट २४ घन्टामा १३ हजारको मृत्यू

banner single news

काठमाडौं, वैशाख २९

काठमाडौं, पछिल्लो २४ घन्टामा विश्वमा कोरोना भाइरसबाट १२ हजार ९९४ जनाको मृत्यू भएको छ । मृत्यू हुनेमा सबैभन्दा बढी भारतमा छन् ।

यसअवधिमा भारतमा मात्रै ४ हजा २०० जनाको मृत्यू भएको छ । यसैगरी, मृत्यू हुनेको संख्यामा दोस्रो स्थानमा रहेको ब्राजिलमा २ हजार २७५ जनाको मृत्यू भएको छ ।

अमेरिकामा ७४३, कोलम्बियामा ४२९, अर्जेन्टिनामा ४९०, रुसमा ३२९ जनाको मृत्यू भएको वल्डोमिटरले बताएको छ । अहिलेसम्म विश्वमा १६ करोड ३२ लाख मानिसलाई कोरोना संक्रमण भएको छ ।

Inside Article Ads

जसमध्येबाट ३३ लाख ३१ हजारको मृत्यू भएको छ । यस्तै, १२ करोड ८० लाख मानिसले कोरोनालाई जितेका छन् । विश्वमा सबैभन्दा बढी अमेरिकामा तीन करोड ३५ लाखलाई संक्रमण भएको छ ।

अमेरिकामा अहिलेसम्म ५ लाख ९६ हजार जनाको मृत्यू भएको छ । यसपछि दोस्रो स्थानमा रहेको भारतमा अहिलेसम्म दुई करोड ३३ लाख मानिसमा संक्रमण भइ २ लाख ५४ हजारको मृत्यू भएको छ ।

Visited 1 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.