Fast Nepal News

कोरोनाविरुद्धको भ्याक्सिन बनाइरहेको सिरमका सीईओले भारत छाडे

banner single news

काठमाडौं, वैशाख १९

काठमाडौं, कोरोना भाइरसविरुद्धको भ्याक्सिन निर्माण गरिरहेको भारतको सिरम इन्स्टिट्युटका प्रमुख कार्यकारी अधिकृत (सीईओ)ले भारत छाडेका छन् । भारतका प्रभावशाली व्यक्तीहरुले कोरोनाविरुद्धको खोप आफुलाई बिक्री गर्न भन्दै निरन्तर दबाब दिएपछि उनले भारत छाडेको बताएका हुन् ।

उनको कम्पनी सिरमले कोरोनाविरुद्धको खोप ‘कोभिसिल्ड’ निर्माण गरिरहेको छ । सोही खोप आफुहरुलाई दिनुपर्ने नभए हत्या गर्ने भन्दै कम्पनीका प्रमुख अदार पुनावालालाई निरन्तर आएको थियो ।

Inside Article Ads

देशका शक्तिशाली एंव प्रभावशाली र अन्जान व्यक्तीहरुको निरन्तर धम्की आएपछि पुनावालालाई सरकारले उच्च सुरक्षा प्रदान गरेको थियो । उनलाई भीभीआईपी अर्थात प्रधानमन्त्री नरेन्द्र मोदीलाई दिइने ‘वाई’ आकारको सुरक्षा प्रदान गरिएको थियो ।

त, देशका प्रभावशाली मानिसहरुको दबाब थेग्न नसकेपछि उनी भारत छाडेर बेलायत पुगेका छन् । बेलायत पुगेर बेलायती अखबार ‘दि टाइम्स’सँग कुरा गर्दै उनले अहिलेको अवस्थामा भारत फर्कन सम्भव नरहेको बताएका छन् । पुनावाला आफ्नी पत्नी र बच्चाहरुसहित बेलायत पुगेका हुन् ।

Visited 41 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.