Fast Nepal News

भारतमा कार उत्पादन गर्ने कारखाना बन्द

banner single news

काठमाडौं, वैशाख १७

काठमाडौं, भारतमा कार उत्पादन गर्ने कारखानाहरु धमाधम बन्द हुन थालेका छन् । तर, कोरोना महामारीका काण गरिएको लकडाउनका कारण भने बन्द भएका हैनन् ।

भारतमा यतिबेला कोरोना भाइरसको नयाँ भेरियन्ट तीव्र गतिमा फैलिरहेको छ । प्रतिदिन ३ लाखभन्दा बढी मानिसहरु संक्रमित बनिरहेका छन् ।

Inside Article Ads

नयाँ भेरियन्टबाट संक्रमण बन्ने संक्रमितलाई स्वासप्रस्वासका लागि अक्सिजनको आवश्यक पर्छ । तर, भारतमा अक्सिजनको चरम अभाव भइरहेको छ । सोहीकारण, भारतको केन्द्र सरकारले अक्सिजनको औद्योगिक प्रयोजन रोकेको छ ।

लिक्विड अक्सिजनको प्रयोग स्वास्थ्य उपचारको क्षेत्रमा मात्र नभई औद्योगिक क्षेत्रमा पनि प्रयोग हुन्छ । त्यसैले, लिक्विड अक्सिजनको प्रयोगमा रोक लगाएपछि कार उत्पादन गर्ने कम्पनीहरु बन्द हुन थालेका हुन् ।

Visited 38 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.