Fast Nepal News

रूसले नेपाललाई कोरोना विरुद्धको खोप उपलब्ध गराउन सकारात्मक

रुसबाट खरीद गर्ने क्रममा रहेको कोभिडविरुद्धको खोप (स्पुतनिक भी) तत्काल उपलब्ध गराउनेतर्फ पहल गर्न नोभिकोभलाई आग्रह गरेका छन्

banner single news

प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि रूसका राजदूत अलेक्सेइ नोभिकोभले भेट गरी नेपाललाई कोभिडविरुद्धको खोप (स्पुतनिक भी) उपलब्ध गराउन आफ्नो मुलुक सकारात्मक रहेको जनाएका छन् ।

प्रधानमन्त्री ओलीले नेपालले रुसबाट खरीद गर्ने क्रममा रहेको कोभिडविरुद्धको खोप (स्पुतनिक भी) तत्काल उपलब्ध गराउनेतर्फ पहल गर्न नोभिकोभलाई आग्रह गरेका छन् ।

Inside Article Ads

राजदूत नेभिकोभसहितका प्रतिनिधिले त्यसतर्फ आफूहरु सकारात्मक रहेको जवाफ दिएका छन् । भेटमा दुई पक्षीय सम्बन्धका अन्य आयामका साथै दुई देशबीचको सम्बन्ध प्रगाढ बनाउन गरिएका प्रयासलाई थप गति दिन बारे पनि छलफल भएको थियो ।

Visited 16 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.