Fast Nepal News

आईपीएलमा सट्टेबाजी गर्ने ११ जना पक्राउ

banner single news

काठमाडौं, वैशाख १४

काठमाडौं, भारतमा सञ्चालन भइरहेको फ्रेन्चाइज क्रिकेट प्रतियोगिता ‘इन्डियन प्रिमियर लिग’ (आईपीएल)मा सट्टेबाजी गर्ने ११ जना पक्राउ परेका छन् । उनीहरुले संघीय राजधानी काठमाडौंको विभिन्न स्थानमा बस्दै आईपीएलमा सट्टेबाजी गर्दै आएका थिए ।

काठमाडौं महानगरिय प्रहरीले उनीहरुलाई सोमबार अबेर पक्राउ गरेको हो । उनीहरुको साथबाट १७ थान मोबाइल, २ लाख ९६ हजार रुपैयाँ नगद, डायरी, बेटिङमा प्रयोग भएको कागजात बराबद गरेको छ ।

Inside Article Ads

पक्राउ परेका उनीहरुलाई थप अनुसन्धानका लागि यतिबेला प्रहरी हिरासतमा राखिएको छ । भारतमा आईपीएल चल्दा हरेक वर्ष सट्टेबाजी गर्नेहरु नेपालबाट पक्राउ पर्छन् ।

खासगरी, नेपालमा व्यवसायीक खेल प्रतियोगितामा प्रेडेक्सन गरेर बेट गर्न अनुमति छैन । सोहीकारण, बेटिङ गरेको सूचना आउना साथ प्रहरीले त्यसमा संलग्नलाई पक्राउ गर्दै आएको छ ।

Visited 13 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.