Fast Nepal News

उत्तर कोरियाका सर्वोच्च नेता किम जोंग उनकी पत्नी एक वर्षपछि पहिलोपटक सार्वजनिक

banner single news

काठमाडौं,६ फागुन- उत्तर कोरियाका सर्वोच्च नेता किम जोंग उनकी पत्नी एक वर्षपछि पहिलोपटक सार्वजनिक भएको सरकारी सञ्चार माध्यमले बुधबार जनाएको छ । किमका स्वर्गीय पिता तथा उत्तर कोरियाका पुर्व नेता किम जोंग इलको जन्मदिन मनाउने क्रममा आयोजित सांगीतिक कार्यक्रममा आफ्नो पतिसँग री सोल जु सहभागी भएकी हुन् ।

महत्वपुर्ण कार्यक्रमहरूमा मात्र पति किमसँग उपस्थित हुने गरेकी री गत वर्षको जनवरीयता कुनै पनि कार्यक्रममा देखिएकी थिइनन् । उनको सावर्जनिकस्थलमा रहेको लामो अनुपस्थितिलाई उनको अस्वस्थता वा गर्भाधारणसँग जोडेर हेरिँदै आएको थियो ।यसैबीच, दक्षिण कोरियाको राष्ट्रिय गुप्तचर सेवाले मंगलबार विधायकहरूलाई री कोभिड–१९ महामारीको कारण सार्वजनिकस्थलमा देखा नपरेको तथा उनी आफ्ना सन्तानहरूसँग समय बिताउँदै आएको हुनुपर्ने बताएको छ । उत्तर कोरियाले अहिलेसम्म कुनै पनि व्यक्ति कोरोना भाइरस संक्रमण भएको घोषणा गरेको छैन । तर, स्वास्थ विशेषज्ञहरू भने यसलाई अस्वाभाविक परिस्थितिको संज्ञा दिइरहेका छन् ।

उत्तर कोरियाली सञ्चार निकाय रोदोंग सिन्मुनले मंगलबार किम दम्पतीलाई मान्सुदाए आर्ट थियटरमा भव्य स्वागत गरिएको जनाएको छ । सार्वजनिक भएका तस्वीरहरूमा किम दम्पती हाँस्दै गरेको तथा तिनीहरूले कुनै मास्क नलगाएको र सामाजिक दुरीको नियम पनि पालना नगरेको देखिन्छ । री प्रतिष्ठित परिवारको सदस्य हुन् । उनका पिता प्राध्यापक र माता प्रसँति चिकित्सक रहेका छन् । ३१ वर्ष उमेरकी बताइएकी री विगतमा उत्तर कोरियाकै अत्यन्तै प्रतिष्ठित सांगीतिक टोली ‘उन्हासु आकेस्ट्रा’की सदस्य थिइन् । सन् २००८ मा किम जोंग इलको मष्तिस्कघात भएपछि हतार हतारमा सन् २००९ मा उनको किमसँग विवाह गराइएको थियो । दक्षिण कोरियाली गुप्तचर सेवाका अनुसार तिनीहरूका तीनजना सन्तान छन् ।सो सांगीतिक कार्यक्रममा भाग लिनुअघि किम आफ्ना पिता र हजुरबुबा किम इल सुङका पार्थिव शरीर राखिएको कुमुसान प्यालेस अफ दि सनमा पनि पुगेका थिए ।

Inside Article Ads
Visited 23 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.