Fast Nepal News

जनवरी २० मा सत्ता हस्तान्तरण गर्छु : ट्रम्प

banner single news

काठमाडौं, पुस २३ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नियम अनुसार जनवरी २० मा सत्ता हस्तान्तरण हुने बताएका छन् । अन्तराष्ट्रिय सञ्चार माध्यमका अनुसार अमेरिकी संसदले विहिबार जो बाइडेनको जितलाई प्रमाणित गरेपछि राष्ट्रपति ट्रम्पले सत्ता हस्तान्तरण गर्ने बताएका हुन् ।

संसदको निर्णयपछि विज्ञप्ति जारी गर्दै उनले २० जनवरीमा शान्तिपूर्ण तरिकाले सत्ता हस्तान्तरण गर्ने बताएका हुन्। ‘म यो चुनावको परिणामसँग पूर्ण रूपमा असहत भए पनि २० जनवरीमा शान्तिपूर्ण रूपले सत्ता हस्तान्तरण हुनेछ’ ट्रम्पले भनेका छन्, ‘मैले पहिलादेखि नै भन्दै आएको छु वैधानिक मतमात्र गणना हुने सुनिश्चित गर्न हाम्रो लडाइँ जारी रहनेछ।’

Inside Article Ads

ट्रम्पले आफ्नो पहिलो कार्यकाल अन्त्य भए पनि अमेरिकालाई फेरि महान् बनाउने अभियानको यो सुरूआत भएको बताएका छन्।

Visited 11 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.