Fast Nepal News

अमेरिकामा कोरोना संक्रमितको संख्या २ करोड नाघ्यो

banner single news

काठमाडौं, पुस १८ – अमेरिकामा कोरोना संक्रमितको संख्या २ करोड नाघेको छ। जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांकअनुसार संक्रमितको संख्या २ करोड १ लाख २ हजार ५ सय ६७ पुगेको हो। अमेरिकामा हालसम्म ३ लाख ४७ हजार ५ सय १७ संक्रमितको मृत्यु भइसकेको छ। अमेरिकामा १ करोड संक्रमित पुग्न २ सय ९२ दिन लागेको थियो भने जम्मा ५४ दिनमै १ करोड थपिएको हो। डिसेम्बरमा हालसम्मकै सर्वाधिक मृत्यु भएको बताइएको छ। उक्त महिनामा ७७ हजार ५ सय जनाको मृत्यु भएको तथ्यांक छ।

अमेरिकामा हाल १ लाख २५ हजार ३ सय ७० कोरोनाका बिरामी अस्पतालमा उपचार गराइरहेका छन्। क्यालिफोर्निया राज्यका साथै लस एन्जलस काउन्टीमा संक्रमण दर बढ्दो रहेको बताइएको छ। केही साता यता यहाँ संक्रमण, मृत्यु तथा अस्पताल भर्ना हुने दर बढेको छ। यस्तै, जर्जियामा पनि मध्य नोभेम्बरयता अस्पताल भर्ना दर दोब्बर भएको बताइएको छ।

Inside Article Ads
Visited 4 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.