Fast Nepal News

प्रशिक्षार्थी चिकित्सकको हत्याको विरोधमा हजारौँ महिलाले सडकमा जुलुस प्रदर्शन

banner single news

गत हप्ता कोलकाताको एक सरकारी अस्पतालमा भएको प्रशिक्षार्थी चिकित्सकको हत्याको विरोधमा पश्चिम बंगाल राज्यका दशौं हजार महिलाले सडकमा राति पनि जुलुस निकालेका छन्।

ती प्रशिक्षार्थी चिकित्सकलाई बलात्कारपछि हत्या गरिएको भन्दै महिलाहरुले कारवाहीको माग राखेर विरोध गरेका हुन् ।

गत शुक्रबार आरजी कार मेडिकल कलेजकी ३१ वर्षीया युवतीको निर्मम हत्यापछि विरोध प्रदर्शन सुरु भएको हो ।

समाजिक सञ्जालमा मृतकको तस्विरसहित विरोधमा आउन आव्हान गरिएपछि कोलकत्ताका विभिन्न भागबाट कयौँ माइल यात्रा गरेर महिलाहरु विरोधमा सहभागी भएका हुन् ।
तुलनात्मक रुपमा शान्तिपूर्ण रहेको विरोध जुलुशमा केही बाहिरी मानिसहरुले अबरोध गरेपछि स्थिति भड्किएको थियो ।

Inside Article Ads

स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले त्यसपछि अश्रुग्याँस प्रहार गरेको जनाएको छ।
३६ घन्टाको लामो ड्युटीपछि तोकिएको विश्राम क्षेत्र नहुँदा उनी सेमिनार कोठामा सुतेकी थिइन् ।

भोलिपल्ट बिहान उनी अर्धनग्न अवस्थामा र शरीरमा घाउ चोट लागेको अवस्थामा उनका सहकर्मीहरुले देखेका थिए ।
घटनामा संलग्न भएको आरोपमा अस्पतालमा स्वयंसेवी रुपमा कार्यरत एक जनालाई पक्राउ गरिएको छ ।

Visited 33 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.