Fast Nepal News

३४ वर्षीय प्रधानमन्त्रीको काँधमा फ्रान्सेली सपना

भर्खरै ३४ वर्ष पुगेका गाब्रियल अट्टललाई गरेको नियुक्तिको आश्चर्यले मानिसहरूका आँखीभौं खुम्चिएका छन् । गाब्रियल प्रधानमन्त्रीका रूपमा आसीन भएसँगै दुई ठूला अभिलेख फ्रान्सेली इतिहासमा दर्ता भएका छन् ।

banner single news

४ माघ, काठमाडौँ — एउटा फ्रान्सेली उखान छ– अम्लेट बनाउने हो भने अन्डा फोर्नै पर्छ । यथास्थितिवादको विरोधी भनेर चिनिएका फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोंले आफ्नो देशको प्रसिद्ध उखानलाई हालै चरितार्थ गरिदिएका छन्– एक युवा नेतालाई हालै प्रधानमन्त्रीमा नियुक्त गरेर । भर्खरै ३४ वर्ष पुगेका गाब्रियल अट्टललाई गरेको नियुक्तिको आश्चर्यले मानिसहरूका आँखीभौं खुम्चिएका छन् । गाब्रियल प्रधानमन्त्रीका रूपमा आसीन भएसँगै दुई ठूला अभिलेख फ्रान्सेली इतिहासमा दर्ता भएका छन् ।

पहिलो, आधुनिक फ्रान्सेली इतिहासमा सबैभन्दा कान्छो प्रधानमन्त्री । र, दोस्रो, पहिलोपटक आफूलाई पुरुष समलिंगी भनेर चिनाउन धक नमान्ने प्रधानमन्त्री पाएको छ फ्रान्सले । गाब्रियल कान्छो प्रधानमन्त्री भन्ने अभिलेख त कुनै समय तोडिन पनि सक्छ । किनकि भविष्यमा उनीभन्दा झन् कान्छो कोही प्रधानमन्त्री हुन सक्ने सम्भावना छँदै छ । आखिर अभिलेखहरू तोडिनकै लागि बनेका हुन्छन् ।जस्तो कि, सन् १९८४ राष्ट्रपति फ्रान्कोइस मिट्टर्रान्डले सोसलिस्ट पार्टीका लरेन्ट फाबिअसलाई प्रधानमन्त्री नियुक्त गर्दा उनी ३७ वर्षका थिए । त्यो अभिलेखलाई उनीभन्दा ३ वर्षले कान्छा गाब्रियलले हालै तोडेका हुन् । तर, पहिलो पुरुष समलिंगी प्रधामन्त्रीको परिचय भने स्थायी नै भएको छ । किनभने, अब जति जना समलिंगी प्रधानमन्त्री बने पनि पहिलो स्थान त कसैले लिन सक्ने कुरै भएन ।

लैंगिक समानताको इतिहासमा एउटा आफ्नै ढंगको अभिलेख राखेका गाब्रियलले प्रधानमन्त्रीका रूपमा बीस महिना आन्तरिक कलह झेलेकी एलिजाबेथ बोर्नलाई प्रतिस्थापन गर्दै पदभार सम्हालेका हुन् ।‘कार्यभार सम्हाल्दा मैले देशका युवतीहरूलाई आफ्नो सपना पूरा गर्न अभिप्रेरित गरेकी थिएँ, किनभने मेरो करिअरले जुनसुकै पृष्ठभूमि भए पनि सपनालाई साक्षात्कार गर्न सम्भव छ भनेर देखाएको छ,’ ६२ वर्षीय बोर्नले राजीनामाका क्रममा देशवासीलाई गरेको सम्बोधनमा भनेकी थिइन्, ‘आज पनि म सबै महिलाहरूलाई भन्छु– दृढ रहनुहोस्, भविष्य तपाईंको हातमा छ ।’ यति भनिसकेपछि उनले गाब्रियललाई आफूले सम्हाल्दै आएको जिम्मेवारी हस्तान्तरण गरेको घोषणा गरेकी थिइन् ।

Inside Article Ads

समाचार कान्तिपुर राष्ट्रिय दैनिकमा प्रकाशित छ।

Visited 29 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.