
३१ असोज, काठमाडौं । फ्लोरिकल्चर एसोसिएसनका अनुसार,यस वर्षको तिहारलाई २३ लाख २५ हजार स्वदेशी माला खपत हुने पुष्प व्यवसायीहरुले बताएका छन् । तिहारका लागि २० लाख सयपत्री, ३ लाख मखमली र गोदावरीको २५ हजार थानसम्मको मालाहरु खपत हुने गरेको जनाएको छ ।
मागअनुसार अपुग हुने करिब ३ लाख थान माला भारतबाट आयात हुने छ। ‘व्यापारीहरुले भारतबाट पनि माला आयात गर्छन्,’गत वर्ष त भारतबाट आयात भएको माला खपत नभएर फाल्नु समेत परेको थियो ।
‘यो वर्ष तिहारलाई २० लाख सयपत्री, ३ लाख मखमली र गोदावरीको २५ हजार थान माला खपत हुने अनुमान छ,’ एसोसिएसनका अध्यक्ष मिनबहादुर तामाङले भने ‘कोभिडमा घटेको फूलको मागमा वृद्धि भएको छ । नेपाल ९० देखि ९१ प्रतिशतसम्म तिहारको फूलमा आत्मनिर्भर छ ।’
