Fast Nepal News

प्रधानमन्त्री देउवाको भारत भ्रमण स्थगित

‘गुञ्जायमान गुजरात’ विषयको विश्वस्तरीय सम्मेलनलाई प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम थियो

banner single news

२२ पुस, काठमाडौं । भारतमा कोरोना सङ्क्रमण बढेकाले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण रद्द भएको छ ।
प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा उनको गृहराज्य गुजरातमा यही पुस २६ देखि २८ गतेसम्म आयोजना हुने भनिएको ‘गुञ्जायमान गुजरात’ विषयको विश्वस्तरीय सम्मेलनलाई प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम थियो । धानमन्त्रीका स्वकीय सचिव भानु देउवाका अनुसार,‘अहिलेको असहज परिस्थितिका कारण गुजरात ग्लोबल समिट स्थगन गरिएको जानकारी प्राप्त भएकाले सम्माननीय प्रधानमन्त्रीको भारत भ्रमणको कार्यक्रम रद्द भएको छ,’ प्रबाह्य लगानी आकर्षित गर्ने उद्देश्यले गुजरातका तत्कालीन मुख्यमन्त्री नरेन्द्र मोदीले प्रारम्भ गरेको उक्त सम्मेलनको १०औँ शृङ्खलामा प्रधानमन्त्री देउवासहित विभिन्न मुलुकका राष्ट्राध्यक्ष एवं सरकारप्रमुखहरुले भाग लिने कार्यक्रम थियो ।

Inside Article Ads
Visited 1 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.