Fast Nepal News

विद्रोही तालिवान समूहको कब्जामा अफगानिस्तानको प्रान्त

तालिवान विद्रोही लडाकु समूहले ३४ प्रान्तहरूमध्ये १८ प्रान्त कब्जा गरेका छन्

banner single news

प्रकाश कपाली। विद्रोही तालिवान लडाकु समूहले अफगानिस्तानको काबुल बाहेकको प्रान्तहरू कब्जा गरेको छ। तालिवान विद्रोही लडाकु समूह अफगानिस्तानको राजधानी काबुल प्रवेश गरेपछि काबुलका सरकारी फौजले सामान्य प्रतिरोध गरेको थियो। विद्रोही लडाकु समूहले हमला गरेपछि काबुलको सरकारी कर्मचारी कार्यालय छोडी भागेका थिए। विद्रोही तालिवान लडाकू समूहका व्यक्तिहरूले अफगानिस्तानको काबुल बाहेकका सम्पूर्ण प्रान्तहरू कब्जा गरेका छन्। तालिवान विद्रोही लडाकु समूहले ३४ प्रान्तहरूमध्ये १८ प्रान्त कब्जा गरेका छन्।

अफगानिस्तानका प्रान्तहरू कब्जा गरेपछि अफगानिस्तानका नागरिक र अन्य देशबाट आएका नागरिकहरू को जीवन संकटमा परेको छ। विद्रोही तालिवान लडाकु समूहले अफगानिस्तानका प्रान्तहरू कब्जा गरेपछि त्यहाँका सरकार प्रमुखहरुलाई नागरिकको सुरक्षा चुनौतीको विषय बनेको छ। सुरक्षा चुनौतीको सामना गर्न सरकार भित्र गम्भीर बहस भइरहेको अफगानिस्तानका राष्ट्रपति असरण धानीले बताएका छन्। विद्रोही तालिवान समुहले अफगानिस्तानका प्रान्तहरू कब्जा गरेसँगै आफ्नो देशका नागरिकहरू असुरक्षित भएको महसुस विदेशी मुलुकहरुले गरेका छन्। संयुक्त राष्ट अमेरिकाले आफ्नो देशबाट गएका नागरिक र कर्मचारीहरूको सुरक्षाको लागि थप एक हजार सेना पठाउने र आफ्नो नागरिकलाई सुरक्षित संग आफ्नो देशमा फर्काउन तयारी गरेको छ। यसैगरी अमेरिकाको दूतावासमा खटिएका तीन सय नेपालीलाई स्वदेश फिर्ता गर्ने संयुक्त राज्य अमेरिकाले दूतावासले तयारी थालेको छ। नेपालबाट अफगानिस्तानमा गएका नागरिकहरूको जीवन रक्षाको लागि र नेपाली नागरिकलाई सकुशल रुपमा स्वदेश फर्काउन प्रतिपक्ष दल नेकपा एमाले र नागरिकहरूले सरकारलाई चौतर्फी दवाव दिएका छन्। अफगानिस्तानमा रहेका नेपालीहरुको जीवन रक्षाका लागि उद्धारको लागि सरकारले पहल नगर्नु दुखद रहेको भन्दै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सरकारको आलोचना गरेका छन्। अफगानिस्तानमा रहेका नेपालीको उद्धार गर्ने विषयमा सरकारको ध्यान जानु अति नै आवश्यक छ।

Inside Article Ads
Visited 16 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.