Fast Nepal News

७ जनामा कोरोना देखिएपछि वुहानमा १ करोडभन्दा बढीको परीक्षण गरिने

banner single news

काठमाडौँ — १९ श्रावण  २०७८

काठमाडौँ, कोरोना भाइरसको उद्गमस्थल मानिएको चीनको हुबेई प्रान्तको राजधानी वुहानमा सबैको परीक्षण गरिने भएको छ । करिब १ करोड १० लाख जनसंख्या रहेको उक्त शहरमा पछिल्लो समय केही व्यक्तिलाई कोरोना संक्रमण देखिएपछि सबैको परीक्षण गर्न लागिएको हो । वुहानमा पछिल्लो समय ७ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो समय वुहानमा अहिलेसम्मकै बढी संक्रामक मानिएको डेल्टा भेरियन्ट देखिएको हो ।

Inside Article Ads
करिब एक वर्षपछि वुहानमा स्थानीय स्तरमा संक्रमण पुष्टि भएको हो । वुहानले कोरोना महामारी नियन्त्रण तथा रोकथामका लागि विश्वमै पहिलो पटक लकडाउनको अभ्यास गरेको थियो ।चीनमा पछिल्लो १० दिनमा ३ सय जनामा संक्रमण देखिएको छ । जुन केही महिनायताकै बढी हो । चीनमा पछिल्लो समय १५ वटा प्रान्तमा संक्रमण देखिएको छ । फेरि संक्रमण फैलिने डरले ठूलो परिमाणमा परीक्षण र कडा लकडाउन लागू गरिने भएको छ ।मंगलबार मात्रै चीनमा ९० जनामा संक्रमण पुष्टि भएको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ । 
(कान्तिपुर दैनिक)
Visited 10 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.