Fast Nepal News

banner single news

अधिकांश नेपालीले जिवनमा कुनै न कुनै समय सामना गर्दै आएको सबैको साझा समस्या हो ग्यास्ट्रिक।

वास्तवमा ग्यास्ट्रिक आफैंमा कुनै रोग होइन,यो पेट सम्बन्धि समस्या मात्र हो। यो पेट सम्बन्धि कुनै पनि रोगले वा पेट सम्बन्धि कुनै पनि समस्याले निम्त्याएको एक समस्या हो जसलाई सबैले ग्यास्ट्रिक रोग भनेर नै चिन्ने गरिन्छ। ग्यास्ट्रिकको समस्या सबैमा हुन्छ । खासगरी खाना अपज भएर तथा खानपिनको सन्तुलन नमिल्नाले ग्याष्ट्रिकले सताउँछ ।खानपानमा सर्तक रहँदा रहँदै पनि कहिले कहिं पेट दुख्ने, वान्ता हुने, ग्याष्ट्रिकले सताउने हुनसक्छ ।

आम मानिसमा हुने ग्यास्ट्रिकको लक्षणहरु //
बमिट हुनु, पखाला लाग्नु , पेट दुख्नु , पेट फुल्नु , कोखा दुख्नु , मुटु दुख्नु , छाती पोल्ने समस्या हुनु , पेट पोल्ने समस्या आउनु , अमिलो डकार आउनु , खाना खान मन नलाग्नु , पेट कराउने समस्या हुने , कब्जियत हुने इत्यादि

तपाइ यस्ता समस्याबाट हैरान हुनुहुन्छ भने यसबाट बच्ने घरेलु उपायहरू यस प्रकार छन्ः

Inside Article Ads

ग्यास्ट्रिकको घरेलु उपचारको लागी सर्वप्रथम खानेकुरा मै ध्यान पुर्याउनु पर्ने छ । आफुले खाँदै गरेको खाना आफ्नो स्वास्थ्य स्थिति अनुसार उपयुक्त छ वा छैन, खाएको खाना आफ्नो पेटले पचाउन सक्छ सक्दैन भन्ने ख्याल गर्नु पर्छ ।

  • बेसारको पात : बेसारको पातलाई सबैभन्दा राम्रो ग्यास्ट्रिकको औषधिको रुपमा मानिन्छ। दिनको एक ग्लास दुधमा काटेको बेसारको पात मिसाउनु र दिनहुँ पिउनुहोस्। यसो गर्दा ग्यास्ट्रिकको समस्या कम हुँदै जानेछ।
  • आलुको : जुस आलुलाई सफा गर्नुहोस् र त्यसपछि बोक्रा हटाई काटेर पानीमा उमाल्नुस्। दिनकै एक ग्लास ३ पटक खाना अघि पिउनुहोस्।
  • अदुवा : ग्यास्ट्रिकको समस्या कम गर्ने अर्को तरिका अदुवा हो। अदुवालाई औषधिको रुपमा पनि लिइन्छ। दिनहुँ खाना खाएपछि ताजा अदुवाको टुक्रा चपाउनुहोस् यो समस्या आफैँ टाढा हुन्छ। यसरी अदुवाको धूलो, नुन, हिंग पानीमा मिसाउनु र दिनहुँ पिउने गर्नुहोस्।
  • लसुन : २ ३ वटा लसुनलाई आगोमा पोल्नुस् त्यसपछि त्यसको बोक्रा निकालेर खानुहोस्। ताजा लसुनलाई पिसनु, जिराको धूलो, जिराको दानालाई पानीमा राखी उमाल्नु र यसको सेवन गर्नु लाभदायक छ।
  • दालचिनी : तातेको दूधमा आधा चम्चा दालचिनी को धूलो, मह अलिकति राखेर मिसाउने र यसको सेवन राती सुत्नु अगाडि गर्नु । यसले ग्यास्ट्रिकको समस्या कम गर्न मदत गर्दछ ।
    ग्यास्ट्रिक हुनै नदिन हामीले के गर्नुपर्छ के गर्न सकिन्छ तरु समयमा खाना खाने, तनाव लिँदै नलिने, बाहिरको खाना सकेसम्म नखानु राम्रो हुन्छ। धेरै चिल्लोरपिरो, भुटेको, तारेको खाना खानु हुँदैन। बिहान उठ्ने बित्तिकै केही खाई हाल्ने, केही समस्या आयो भने अस्पताल गएर जँचाउने गर्नु पर्दछ। मध्यपान, धूम्रपान नगर्ने र मुटुको रोग भएकाले त शंका लाग्ने बित्तिकै डाक्टरको सल्लाह लिइहाल्नुपर्छ। समयमै उपचार गरे यो समस्या सहजै निको हुन्छ।
Visited 27 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.