यस वर्ष काठमाडौको तापक्रम विगत एक दशकयताकै उच्च रेकर्ड गरिएको छ ।
गत मे १४ देखि ३० डिग्री माथि रहेको काठमाण्डौको तापक्रम मे २५ मा ३४ दशमलव ४ डिग्री सेल्सियस मापन गरिएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार सन् २०१५ मा काठमाडौको तापक्रम ३४ दशमलव ६ डीग्री सेल्सीयस पुगेको थियो भने सवै भन्दा बढी सन् १९८९ को मे महिनामा ३६ दशमलव ६ डिग्री मापन भएको थियो ।
काठमाडौँको अधिकतम तापक्रम ३३ दशमलव २ डिग्री मापन गरिएको छ ।
तथ्य तथ्याङ्कले नै काठमाडौंमा उखरमाउलो गर्मी बढ्दै गएको पुष्टि गर्दछ । काठमाडौको तापक्रम विगत १० वर्ष यताकै सवैभन्दा उच्च रहेको छ । विगत ३० वर्षको तथ्यांकलाई आधार मानेर हेर्दा जुन महिनामा काठमाडौंको सरदर अधिकतम् तापक्रम २९.४ डिग्री सेल्सियस हो ।
तर सन् १९६८ देखि २०२० सम्मको जुन महिनाको औसत अधिकतम तापक्रम ०.०५ डिग्री सेल्सियसले वृद्धि भइरहेको जल तथा मौसम विज्ञान विभागको रेकर्ड छ । जलवायु परिवर्तनको असरले पृथ्वी तात्दै जाँदा नेपालमा समेत तापक्रम बढिरहेको विज्ञहरुको भनाइ छ ।
यो वर्ष मौसमविद्हरुले पूर्व अनुमान गरेभन्दा अगाडी नेपालको कोशी प्रदेशको पूर्वि भुभागबाट मनशुन भित्रिएर त्यस ठाउँमा केहि वर्षा भएता पनि देशैभर मनसुन सक्रिय हुन अझै करिब १० दिन लाग्नेछ ।
काठमाडौ उपत्यकामा पनि अझै केहि दिन पानी नपर्ने र तापक्रम पनि नघट्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तराइका जिल्लाहरुमा केहि दिन सम्म अझै तातो हावा चल्ने मौसमविद्हरुले बताएका छन् । देशैभर तत्काल ठूलो बर्षाको सम्भावना पनि नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।