Fast Nepal News

चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले स्वास्थ्य बीमा मार्फत् उपचार सेवा दिने

साउन १ गतेबाट लागु हुनेगरी सिएमसीलाई बीमा कार्यक्रम सञ्चालन स्वीकृति प्रदान गरेको छ

banner single news

काठमाण्डौं, १८ जेठ । स्वास्थ्य बीमा बोर्ड र चितवन मेडिकल कलेज वीच स्वास्थ्य बीमा मार्फत् उपचार गर्ने सम्झौता भएको छ।
चितवन मेडिकल कलेजका प्रमुख प्रशासक प्रताप देवकोटाका अनुसार ,बिरामीहरुको चाहना अनुसार आफूहरुले पुनः स्वास्थ्य बीमा कार्यक्रम ल्याएको,बीमा गरेका बिरामी टाढाटाढाबाट समेत आउने गरेको तर, बीमाको सुविधा नहुँदा समस्या पर्ने गरेको छ । यस्ताे जटिलता लाई चिर्न हामीले बिरामीको समस्यालाई मध्यनजर गर्दै बीमा संम्वन्धी सेवा शुरु गर्न लागेका हाै ।

देवकोटाका अनुसार “सुपर स्पेशलिष्ट सेवा सिएमसीमा भएर पनि बीमाका बिरामीहरु राजधानी काठमाण्डौं जान बाध्य हुनु पर्ने अवस्था आयो, त्यसैले हामीले पुनः बीमा मार्फत् उपचार सेवा शुरु गर्न लागेका हाै यसवाट अाम सर्वसाधारणलाई फाईदा पुग्नेमा हामीले विश्वास लिएका छाै ।”

Inside Article Ads
Visited 62 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.