Fast Nepal News

वैशाख ६ र ७ गते भिटामिन ‘ए’ र जुकाको औषधि खुवाईंदै

banner single news

वैशाख ६ र ७ गते पाँच वर्ष मुनिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाईंदै छ ।

‘राष्ट्रिय भिटामिन ‘ए’ को सबै तयारी पूरा भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य सेवा विभागको पोषण शाखाले जनाएको छ ।

शाखाका अनुसार भिटामिन ‘ए’ क्याप्सुल छ महिनादेखि ५९ महिनाका बालबालिका तथा जुकाको औषधि एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई खुवाइनेछ । भिटामिन ‘ए’ करिब ३२ लाख बालबालिकालाइ र जुकाको औषधि करिब २९ लाख बालबालिकालाई खुवाइने छ ।

भिटामिन ‘ए’ कार्यक्रमका लागि ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका र १० हजार स्वास्थ्यकर्मी खटिसकेका छन् । पोषण शाखा प्रमुख लीलाविक्रम थापाले ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमसँगै सोही दिन खोप लगाउन छुटेका बालबालिकालाइ खोप पनि लगाइने बताएका छन् ।

Inside Article Ads

भिटामिन ए ले बच्चालाई कमजोरी हुनबाट बचाउँछ । लुलो लङ्गडो हुन रोक्छ । अशक्त हुनबाट बचाउनुका साथै अरु रोगसँग लड्ने क्षमता पनि बढाउँछ । रतन्धो जस्तो घातक रोग हुनबाट समेत यसले रोक्छ । त्यसैले आफ्ना बालबालिकाहरुलाई निशुल्क रुपमा उपलब्ध भएको यो औषधि सेवन गराउने कार्यमा अनिवार्य रुपमा सहभागी बन्न सरोकारवाला निकायहरुले आग्रह गरेका छन् ।

भिटामिन ए को कमीको रोकथाम तथा नियन्त्रण कार्यक्रमको लागि हरेक सुचिकृत स्वास्थ्य स‌ंस्थाहरुले सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाहरुद्वारा वर्षको दुईपटक कार्तिक र वैशाख महिनामा बालबालिकाहरुलाई भिटामिन ए को क्याप्सुल खुवाइन्छ । भिटामिन एले शरिरलाई बिभिन्न किसिमका संक्रमण हुनबाट बचाउँछ ।

 

Visited 26 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.