Fast Nepal News

एमाले अध्यक्ष ओली अस्वस्थ

चुनावी कार्यक्रम स्थगित

banner single news

कात्तिक, झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अकस्मात ज्वरो अाएपछि अस्वस्थ भएका छन् । चुनाव प्रचार प्रसारका क्रममा गृहजिल्ला झापामा रहेका उनी अस्वस्थ भएपछि मंगलबार घरमै आराम गरेका छन् ।

झापाका एक एमाले नेताका अनुसार मंगलबार ओलीले गृह नगर दमकमै केही चुनावी कार्यक्रममा सहभागी हुने तय भएको थियो । तर ओलीलाई ज्वरो आएपछि ती कार्यक्रम स्थगित गरिएका छन् ।ओली घरमै औषधी खाएर आराम गरिरहेका छन् । ४ मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनमा ओली झापा–५ बाट उम्मेदवार छन् ।

Inside Article Ads
Visited 18 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.