
काठमाडौं । डेंगुको संक्रमण बढेसँगै बजारमा पारासिटामोलको अभाव हुन थालेको छ । यद्यपि धेरैजसो ठाउँमा पारासिटामोलको अभाव भएकाे एक िवरामिले वताए । काठमाडौंलगायत मुख्य सहरी क्षेत्रमा अहिले डेंगुको संक्रमण तीव्र रुपमा बढ्दो छ । डेंगु विरुद्धको खास उपचार र औषधि नभएकाले लक्षण अनुरुप औषधि दिइने गरिएको छ । खासगरी डेंगुको संक्रमणमा उच्च ज्वरो आउने भएकाले पारासिटामोल खान दिइन्छ त्यसैले अभावहुन सक्ने चिकित्सकले वताएका छन । औषधि उत्पादक संघले एक रुपैयाँ एमआरपी भएको सिटामोल बनाउँदा घाटा हुने भन्दै उत्पादन नगरेकाले बजारमा अभाव भएको हुनसक्ने वितरकको दाबी छ । सिटामोलको मूल्य समायोजन हुनुपर्ने भन्दै पटक–पटक औषधि उत्पादक र व्यवसायीले माग गर्दै आएका छन् ।
। डेंगु र भाइरल ज्वरोको बिरामी बढेसँगै सिटामोलको माग अनुरुप बजारमा उपलब्ध नभएको एक औषधि वितरक स्वीकार्छन् । बजारमा सिटामोलको अत्यधिक माग छ । तर त्यसको अनुपातमा उत्पादन छैन । यद्यपि कतिपयले भने सिटामोलको कृत्रिम अभाव गराइएको गुनासो गरेका छन् । जतिबेला महामारी बढ्छ, त्यसबेला व्यवसायीले सिटामोलको अभाव गराउँछन् ।सिटामोल अत्यावश्यक औषधिमा सूचीकृत छ । यसैगरी सरकारले स्वास्थ्य संस्थामा निःशुल्क वितरण गर्ने औषधिको सूचीमा दोस्रो नम्बरमा छ ।
