
काठमाडौँ — ०८ फागुन २०७८
काठमाडौँ , देशभरी रहेका ९ संस्थाहरु ऐक्यवद्ध भई ‘फिजियोथेरापी रिह्यबिलिटेसन सेण्टर एसोसिएसन नेपाल’ (प्राण) निर्माण भएको छ । नेपालमा संचालन भइरहेका फिजियोथेरापी तथा पुनर्स्थापना केन्द्रहरु संगठित भई पेशागत ऐक्यवद्धता कायम गर्न, व्यवसायिक हकहितको संरक्षण तथा प्रवद्धन गर्न, भौतिक चिकित्सा तथा पुनर्स्थापना सेवालाई गुणस्तरीय, प्रभावकारी र मर्यादित बनाउँदै स्वास्थ्य सेवाको क्षेत्रमा योगदान दिन संघ गठन गरिएको नवनियुक्त संस्थापक अध्यक्ष हरिकुमार लम्सालले बताए । संघका नव गठित पदाधिकारीको अध्यक्षमा हरि कुमार लम्साल, उपाध्यक्षमा जगदीश खनाल, महासचिवमा समीदकातिला श्रेष्ठ, सचिवमा राजेश महत , कोषाध्यक्षमा दीक्षा
त्यस्तैगरी सदस्यहरूमा विवेक पौडयाल, अशोक मणि रिमाल, कविन सापकोटा र अंगिरा थापा रहेका छन् । ‘स्वास्थ्य सेवाका अन्य विधा जस्तै यस विधालाई पनि मान्यता प्रदान गरी जनताको स्वास्थ्यप्रतिको हक सुरक्षित गर्न आवश्यक पहलका लागि नेपाल सरकार तथा अन्य सम्वन्धित निकाय समक्ष अनुरोध गर्न काम गर्ने, फिजियोथेरापी तथा पुनर्स्थापना केन्द्र संचालन गर्ने मापदण्ड निर्माण गर्न सरकारलाई सहयोग गर्ने हाम्रो उद्देश्य हो,’ महासचिव समिदकतिला श्रेष्ठले भने, ‘हामी जनस्तरमा जानकारीमूलक कार्यक्रमहरु संचालन गर्छौं, पुनर्स्थापनाका अन्य संस्थाहरुसँग हातेमालो गर्दै एक जुट भई सामूहिक हकहितको निमित्त काम गर्छौं ।’
( कान्तिपुर दैनिक )
