Fast Nepal News

सेतो मच्छिन्द्रनाथको रथयात्रा आजदेखि सुरु हुँदै। ‌

जात्राको प्रमुख उद्देश्य भनेको घर टोल मा बसेर सबैले ललितपुर जिल्लाबाट काठमाडौ जिल्लासम्म रथ परिक्रमा गरी ल्याएका सेतो मच्छिन्द्रनाथलाई घर र टोलमै बसेर सबैले भगवानको दर्शन गर्न पाउने भन्ने उद्देश्य

banner single news

प्रकाश कपाली काठमाडौँ- वर्षा र सहकालका देवता सेतो मच्छिन्द्रनाथको रथयात्रा आजदेखि सुरु भएको छ। रथ परिक्रमा गराई मनाइने यस जात्राको आफ्नै धार्मिक र सांस्कृतिक महत्व रहिआएको छ । बुङ्मतीमा रहेको सेतो मछिन्द्रनाथलाई काठमाडौँको जमल सम्म पुर्याई जमलमा बनाइएको रथमा सेतो मच्छिन्द्रनाथको मुर्ती प्रतिस्थापन गरी कमलादी, तीनधारा, घण्टा घर, भोटाहिटी हुदै असन सम्म पुर्याई रथ परिक्रमा गराई विश्राम गराइन्छ ।

यसरी रथ विश्राम गराइसकेपछि पत्येक वर्ष रामनवमीका दिन मन्दिरको अन्नपूर्ण मन्दिर अगाडि राख्ने र सबैले त्यही स्थानमा आएर वर्षा र सहकालका देवता सेतो मच्छिन्द्रनाथको पूजाअर्चना गर्दछन्। सस्कृति विश्लेषकहरुका अनुसार विगतको समयमा उपत्यकामा वर्षा नभएको कारण उपत्यका बासीहरुले ज्योतिषीकाेम ा गएर वर्षा किन नभएको भनी कारण सोध्दा वर्षा र सहकालका देवता सेतो मच्छिन्द्रनाथको पूजाअर्चना गर्दा वालिनालि राम्रो उब्जनी हुने भन्ने कुरा सुनेपछि उपत्यका बासी हरु मिलेर सेतो मच्छिन्द्रनाथको तान्त्रिक विधिबाट पूजा गरेपछि उपत्यकामा वर्षा भई सहकाल भएको कहिले पनि अनिकाल नभएको विस्वास रहेकाे छ । धार्मिक विधिअनुसार, सहकालका देवता सेतो मच्छिन्द्रनाथको पूजाअर्चना धार्मिक विषय सँग मात्र नजोडी प्रकृति सँग पनि जोडीएको हुनाले यस जात्राको आफ्नै मौलिक विशेषता रहेको पनि बताए।
नेवार समुदायका कृषि पेशामा आबद्ध भएका व्यक्तिहरू आफ्ना सनातन धर्म र धार्मिक आस्था राख्दै प्रत्येक वर्ष आफ्नो बारीमा उब्जनी भएका अन्न ,सागपात, फलफूल चढाएर सेतो मच्छिन्द्रनाथको पूजा गर्दछन् । यसरी अन्न , सागपात, फलफूल चढाएर पूजा गरेपछि बालीनालीले राम्रो उब्जनी दिने धार्मिक जनविश्वास रहेको कृषक न्हुछेनारायण महर्जनले बताउनुभयो। यसै समयमा दिवंगत आत्माको चिर शान्तीको कामना गर्दै बत्ती बाल्ने प्रचलन रहेको पनि महर्जनले बताउनुभयो। धार्मिक र सांस्कृतिक हिसाबले महत्व रहेको सेतो मच्छिन्द्रनाथको जात्राको प्रमुख उद्देश्य भनेको घर टोल मा बसेर सबैले ललितपुर जिल्लाबाट काठमाडौ जिल्लासम्म रथ परिक्रमा गरी ल्याएका सेतो मच्छिन्द्रनाथलाई घर र टोलमै बसेर सबैले भगवानको दर्शन गर्न पाउने भन्ने उद्देश्य रहेको असन टोलका स्थानीयबासीहरु बताउछन्। यसैगरी सेतो मच्छिन्द्रनाथको रथयात्रा असनमा आएर विश्राम भएपछि राष्ट्रप्रमुखले विशेष पुजाआजा गर्नु पर्ने धार्मिक प्रचलन र मान्यता पनि छ।
धार्मिक र सांस्कृतिक हिसाबले महत्वपूर्ण रहेको यो पर्वमा नेवार समुदायका व्यक्तिहरुले पूजाआजा गरी सेतो मच्छिन्द्रनाथको रथयात्रा सुरु गरेका छन्। अघिल्लो वर्षहरुमा जस्तै प्रभावकारी रुपले धार्मिक कार्यक्रमहरु संचालन गरि जात्रा मनाउन नसक्ने र विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरसको संक्रमणलाई
ध्यानमा राखी आमनागरिकको त्यस्तो स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै कुनैपनि धार्मिक कार्यक्रम सञ्चालन नगरेको वडा नं २५ का वडा अध्यक्ष लिनकाजी शाक्यले बताउनुभयो‌ । आज नेवार समुदायका व्यक्तिहरुले सेतो मच्छिन्द्रनाथको रथयात्रा आजदेखि सुरु भएको छ। कोरोनाभाइरसको संक्रमणका कारण मानव स्वास्थ्य लाई मध्यनजर गर्दै जात्रालाई प्रभावकारी रुपले सम्पन्न गर्नेतिर सबैको ध्यान पुर्याउनु अति नै आवश्यक देखिन्छ।

Inside Article Ads
Visited 19 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.