Fast Nepal News

दशैंकोलागी असोज २० देखि अग्रिम टिकट बुकिङ खोल्ने प्रस्ताव

सार्वजनिक यातायात सञ्चालनका सम्बन्धमा सरकारकाे नीति पुनरावलोकन हुनुपर्ने माग

banner single news

असोज, काठमाडौं । विभागका प्रवक्ता लोकनाथ भुसालका अनुसार दशैंमा जतिसक्दो छिटो उपत्यका छाड्ने यात्रुका लागि अग्रिम टिकट बिक्री गर्ने व्यवस्था गर्न व्यवसायीलाई आग्रह गरिएको छ । यातायात व्यवस्था विभागले असोज २० गतेबाट सार्वजनिक सवारीमा दशैंको अग्रिम टिकट बुकिङ खुलाउन प्रस्ताव गरेको हाे। यातायात व्यवसायीहरुसँग छलफल गर्दै विभागले असेज २०देखि २५सम्म अग्रिम टिकट बुकिङ खुला गर्न प्रस्ताव गरेको हो ।

विभागले यो वर्ष करिब ५ लाख व्यक्तिले दशैंका लागि उपत्यका छाड्ने अनुमान गरेको छ । गत वर्षका दशैंमा करिब २० लाखले उपत्यका छाड्ने गरेकोमा यो वर्ष यस्तो संख्या करिब ४ भागले कम हुने अनुमान विभागको छ ।

सरकारले गरेको प्रस्तावमा व्यवसायीहरुले घुमाउरो रुपमा असहमति प्रकट गरेका छन् । उनीहरुले यसबारे थप छलफल हुनुपर्ने भन्दै सार्वजनिक यातायात सञ्चालनका सम्बन्धमा सरकारले लिएको नीति पुनरावलोकन हुनुपर्ने माग अघि सारेका छन् ।

सरकारले सार्वजनिक सवारीमा ५० प्रतिशत बढी भाडा लिएर सिटमा ५० प्रतिशत मात्रै यात्रु राख्न पाउने नियम बनाएको छ ।

Inside Article Ads

तर, व्यवसायीहरुले विमानको हकमा यस्तो नियम नभएको भन्दै बसलाई पनि सबै सिटमा यात्रु बोक्न दिनुपर्ने माग गरिरहेका छन् । दशैंको अग्रिम टिकट बुकिङ खुल्नुअघि नै यो माग सम्बोधन हुनुपर्ने अडान व्यवसायीको छ ।

सबै सिटमा यात्रु बोक्न दिनुपर्ने माग पुरा नभई अग्रिम टिकट बुकिङ गर्नुको अर्थ नरहेको कुरा विभागमा प्रष्टसँग राखेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका एक पदाधिकारीले बताए ।

Visited 4 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.