Fast Nepal News

राष्ट्रिय परीक्षा बोर्ड कक्षा १२ को परीक्षा सञ्चालन गर्ने तयारीमा

banner single news

प्रकाश कपाली। काठमाडौं विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरस का कारण शैक्षिक क्षेत्र आक्रान्त भएको छ। शैक्षिक क्षेत्र आक्रान्त भएसँगै राष्ट्रिय परीक्षा बोर्डले जेठमा टोकेको परीक्षा अन्योलमा परेको छ। जसको कारण कक्षा १२ को विद्यार्थीहरु परीक्षाको प्रतीक्षा गरी बसिरहँदा राष्ट्रिय परीक्षा बोर्डले साउन महिनाको तेस्रो र चौथो हप्ता बिचमा परीक्षा संचालन गर्ने तयारी गरिरहेको छ। यसैगरी साउन महिनाभित्र परीक्षा सञ्चालन गर्ने तयारी रहेको राष्ट्रिय परीक्षा बोर्डका प्रमुख प्रा.डा चन्द्रमणि पौडेलले बताउनुभयो। ‌। उच्च शिक्षा अध्ययनका लागि विद्यार्थीलाई निकै ढिला भएको हुनाले परीक्षा साउन महिनाभित्रै सञ्चालन गर्नुपर्ने परीक्षा नियन्त्रक कृष्ण शर्माले बताउनुभयो। दुई हप्ता अघि भौतिक उपस्थितिमा परीक्षा गराउने अनुमति माग गर्दै शिक्षा मन्त्रालयमा राष्ट्रिय परीक्षा बोर्डले निवेदन दिएको राष्ट्रिय परीक्षा बोर्डका प्रमुख पौडेलले बताउनुभयो। यसैगरी साउनभित्र संचालन गर्ने कक्षा १२ को अन्तिम परीक्षा विद्यार्थीको भौतिक उपस्थितिमा गराउने पौडेलले बताउनुभयो। यसैगरी सिसिएमसीको शर्त सहित परीक्षा सञ्चालन गर्ने अनुमति प्राप्त भएपछि परीक्षा सञ्चालन गर्ने पौडेलले बताउनुभयो। यसैगरी यसबर्षको माध्यमिक शिक्षा अर्थात एसएलसीको परीक्षामा ३ लाख ८६ हजार विद्यार्थी परीक्षामा सहभागी हुँदैछन्। सिसिएमसीको शर्त र शिक्षा मन्त्रालयबाट परीक्षा सञ्चालन गर्न आदेश आएलगतै परीक्षा तालिका सार्वजनीक गर्ने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ।

Inside Article Ads
Visited 2 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.