Fast Nepal News

सार्वजनिक बिदामा पनि दुई विद्यालय खुल्ने

banner single news

 

रौतहट । रौतहटका दुई आधारभूत विद्यालयले सार्वजनिक बिदाको दिन आज (मंगलवार ) पढाउने भएका छन् ।

श्री वसन्त पञ्चमी आधारभूत विद्यालय चन्द्रपुर ४ र श्री आधारभूत विद्यालय असनवा चन्द्रपुर २ ले  बिदाको दिनपनि पढाउने भएका हुन ।

मधेश प्रदेश सरकारले जानकी नवमी–सीता जयन्तीका अवसरमा  आज मंगलबार सार्वजनिक बिदा दिएको हो। तर यी दुई विद्यालयहरुले एक सूचना जारी गरि शिक्षक आन्दोलनका कारण भएको सिकाइ क्षतिलाई पुरा गर्न खोल्ने निणय भएको जानकारी दिएका छन ।

Inside Article Ads

श्री वसन्त पञ्चमी आधारभूत विद्यालय चन्द्रपुरका प्रधानध्यापक राम प्रमेश पटेलले मधेश प्रदेश सरकारले दिएको सार्वजनिक बिदाको दिन पनि विद्यालय यथावत संचालन हुने बताए ।

नेपाल शिक्षक महासघको आव्हानमा चैत २० गते देखी बैशाख १७ गते सम्म गरेको २९ दिने शैक्षिक हडताललाई मध्यनजर गर्दै खोल्ने निणय गरिएको उनले बताए । यी दुई विद्यालयले गरेको निणय  प्रती अभिवावक खुसी भएका छन ।

Visited 40 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.