Fast Nepal News

वीरगञ्ज महानगरपालिका १९ विन्दवासिनिमा ५० जना विद्यार्थीलाई सामाग्री वितरण

विद्यार्थीहरुलाई पढाईप्रतिको आकर्षण बढाउने अभिप्रायले शैक्षिक सामाग्री वितरण गरिएको हो

banner single news

जय यादब
वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा न. १९ विन्दवासिनिमा ५० जना विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको छ । कोरोना भाइरसको संक्रमणबाट सुरक्षित रहनका लागी सरकारले जारी गरेको लकडाउन तथा निषेधाज्ञाका कारण पठनपाठन प्रभावित हुँदा विद्यार्थीहरुलाई पढाईप्रतिको आकर्षण बढाउने अभिप्रायले शैक्षिक सामाग्री वितरण गरिएको हो ।


सामाजिक मञ्चको आयोजनामा सो क्षेत्रका ५० जना विद्यार्थीहरुलाई सामाग्री वितरण गरिएको हो । मञ्चका अध्यक्ष अभिषेक यादबको अध्यक्षतामा भएको शैक्षिक सामाग्री वितरण कार्यक्रममा मञ्चका सल्लाहकार नरेश गुप्ता, युवा संघका प्रदेश सदस्य अमित यादब, ज्येष्ठ नागरिक धुना राम, समाजवादी विद्यार्थी युनियन विन्दवासिनिका अध्यक्ष नैमोदिन मियाँ, दिपेन्द्र राम, भुपेन्द्र पासवान लगायत मञ्चका सदस्य तथा स्थानीयको उपस्थिती रहेको थियो ।
कार्यक्रममा मञ्चका सदस्य जय यादबले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।

Inside Article Ads
Visited 6 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.