Fast Nepal News

पुष २५ गते बुधबारको राशिफल

आजको राशिफल

banner single news

मेष राशि(चु,चे,चो,ला,लि,लु,ले,लो,अ )–

मित्रता, प्रेम र दाम्पत्य सम्बन्ध सुमधूर रहुने समय छ । कठिन काम पनि साथीको सहयोगले बन्ने देखिन्छ । कृषिजन्य व्यापारिक कार्यमा सफलता मिल्नेछ, आँटेको काम पूर्ण हुनेछ । शत्रु परास्त हुनेछन् । आँटेको काम बन्नेछ साथै मनोरन्जनका साथ दिन बित्नेछ । दुर्गमस्थान र टाढाको यात्रा सम्भावना छ । पढाइलेखाइमा प्रगति हुनेछ ।

वृष राशि(इ,उ,ए,ओ,वा,वि,वु,वे,वो) –

सुरुमा कामका कुराले मनमा द्विविधा बढ्न सक्छ तरपनि पछि काम बन्छ आम्दानीका स्रोतहरू बड्नाले मन प्रसन्न रहला । प्रेमसम्बन्धमा विश्वासको मात्रा बडेनेछ । दाजुभाइको सहयोग पनि प्राप्त हुनेछ । शिक्षा र बौद्धिक क्षेत्रमा प्रगति हुनेछ । व्यापार–व्यवसायमा पनि फाइदा होला । मेहनतले नयाँ काम र जिम्मेवारी दिलाउनेछ । परोपकारमा मन जाला ।

मिथुन राशि(का,कि,कु,घ,ङ,छ,के,को,हा )–

कृषि र व्यवसायमा उन्नति हुनुका साथै अन्य काममा पनि मनग्ये धन कमाउने अवसर जुट्नेछ । शारीरिक दुर्बलता बढ्नेछ । आफन्तजनबाट सहयोग प्राप्त हुनेछ । प्रशस्त धन लाभ हुनेछ । अप्ठ्यारा चुनौतीहरूलाई पनि सजिलै पन्छाउन सकिनेछ । बोलीको प्रभाव बढ्नुका साथै मानसम्मान समेत पाइनेछ । आर्थिक समुन्नतिको योग छ ।

कर्कट राशि( हि,हु,हे,हो,डा,डि,डु,डे,डो )–

सभासम्मेलनमा सहभागी हुने अवसर मिल्नेछ । स्वास्थ्यमा खर्च बढ्नेछ । वादविवाद होला होसियार रहनु होला । स्वास्थ्यमा बाधा उत्पन्न होला, नयाँ कार्यको थालनी गर्ने अवसर मिल्न सक्नेछ । ।लगनशीलताले जीवनशैलीमा परिवर्तन आउन सक्छ । आम्दानी पनि राम्रै हुनेछ र्।

सिंह राशि(मा,मि, मु,मे,मो,टा,टि,टु,टे )–

नयाँ नोकरी पाउने वा पुरानो काममा पदोन्नतिको सम्भावना छ तर आत्मीयजनसँग बिछोड होला । पारिवारिक सद्भावले कार्यमा सफलता मिल्नेछ । विदेशमा गरेको लगानीबाट लाभ मिल्नेछ । जागिरमा पदोन्नतिको योग छ । अध्ययनअध्यापन फलदायी रहनेछ ।

कन्या राशि(टो,पा,पि,पु,ष,ण,ठ,पे,पो )–

आफन्तको भेटले हर्ष बढ्नेछ । सन्तानको सहयोग मिल्नेछ । याात्रामा मन रमाउनेछ । दाम्पत्य जीवन सुखमय रहनेछ, घरघडेरीको व्यापार–व्यवसायमा लाभ मिल्ला । बोलीकै प्रभावले महत्वपूर्ण काम सम्पादन हुने समय छ, धन लाभ होला । पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ।

Inside Article Ads

तुला राशि(रा,रि,रु,रे,रो,ता,ति,तु,ते )–

रोकिएका काम बन्नेछन, व्यापार–व्यवसायमा उन्नति हुनेछ । काममा जसपाउने सम्भावनाछ । स्वास्थ्यमा सामान्य सुधार आउनेछ । लेखनकार्यमा मन लाग्नेछ । आँटेका काममा सहयोगीहरूले साथ दिनेछन् र थप हौसला मिल्नेछ । पढाइ लेखाइमा रुची बढ्नेछ,आफ्ना सहयोगी र सेवक वर्गबाट सहायता मिल्नेछ ।

वृश्चिक राशि( तो,ना,नि,नु,ने,नो,या,यि,यु )–
विश्वासपात्रबाट धोका पाइएला । मानसिक चञ्चलता र उत्साह बढ्नेछ तर अप्रिय समाचारले दुःखी बनाउला । आफन्तको भरणपोषणका निम्ति खर्चवृद्धि हुनेछ । शैक्षिक क्षेत्रमा प्रगति हुनेछ । खर्च बढ्ने र अर्थ अभावले काम रोकिने सम्भावना छ, प्रतिनिधिमूलक यात्रा गर्ने मौका आउला ।

धनु राशि(ये,यो,भा,भि,भु,धा,फा,ढा,भे) –

काममा कठिनाई देखिए पनि अन्ततः खशी मिल्नेछ । घर–जग्गा वा अन्य कुनै स्थिर सम्पत्ति जोड्ने पनि समय छ । धार्मिक कार्यमा संलग्न भइएला । अनुसन्धानात्मक काममा मन जानेछ सफलता पनि मिल्नेछ। दीर्घकालीन नबनेका काम बन्नेछ, आयआर्जन र विद्यामा बुद्धि हु्नेछ । सहासिक र कठिन काममा सक्रियता बढ्नेछ, पुराना साथिसंगी संग भेटघाट गर्ने अबसर जुट्ला ।

मकर राशि(भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )–

प्रयत्न गर्दा विशेष लाभ पाउनुका साथै अध्ययनका लागि अनुकुल समय छ । ब्यपार पनि फस्टाउनेछ । पारिवारिक सम्बन्ध सुमधुर रहनेछ । मानसमान पदप्रतिष्ठा मिल्नेछ । व्यापार व्यवसाय कार्य सहज रहनेछ । विभिन्न भौतिक साधन जुटुनुका साथै व्यावसायमा राम्रो फाइदा उठाउन सकिनेछ ।

कुम्भ राशि(गु,गे,गो,सा,सि,सु,से,सो,दा )–

दैनिक कार्यमा ढिलासुस्ती वा अल्झन बेहोर्नुपर्ला । धार्मिक यात्रामा सहभागी हुने अवसर मिल्ला । व्यापार–व्यवसाय सामान्य रहनेछ । धार्मिक यात्राको योग छ । प्रियजनसँग भेटघाट र प्रसन्नताको समय छ । कामबाट विश्राम लिने मौका छ ।

मीन राशि( दि,दु,थ,झ,ञ,दे,दो,चा,चि )–
समाजमा कुरा काट्नेहरू बढ्नेछन् । दैनिक कार्यमा केही समस्याहरू देखिएलान् । सावधान रहनु होला । खर्चिलो यात्रा गर्नुपर्ने देखिन्छ । साथीभाइको सहयोग सामान्य रहनेछ । सानो कामका लागि निकै दौडधुप गर्नुपर्ला । तापनि, लगानीको उचित प्रतिफल मिल्नेछ । सुखसुविधा र विलासिताका साथमा समय बित्नेछ ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

Visited 57 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.