Fast Nepal News

पुष १४ गते शनिबारको राशिफल

आजको राशिफल

banner single news

ज्यो.प. – तुलसी भारद्वाज

मेष राशि( चु,चे,चो,ला,लि,लु,ले,लो,अ )–

केही नयाँ काम थाल्ने समय छ धार्मिक एवम सामाजिक काममा सहभागी हुनाले मन रमाउनेछ । आज तपाइले सोचेका काम पुरा भइ सुखको अनुभव हुने दिन छ, साथै रुपैयापैसाको पनि कारोबार राम्रै होला । परिरवारजनको साथले नयाँ आशा पलाउने छ । दाम्पत्य जीवन सुखमा रमाउने समय छ ।

वृष राशि(इ,उ,ए,ओ,वा,वि,वु,वे,वो)–

साथीभाइसित बसेर छलफल र वार्तालाप हुनेछ र कुराकानीले धनलाभको बाटो पत्ता लाग्नेछ । नसोचेको ठाउबाट आकस्मिक लाभ हुन सक्छ, तर पनि परिवारमा भने सामान्य विवाद होला । आकस्मिक निम्तोमा सहभागी हुने सम्भावना देखिन्छ ।आहारविहारमा विशेष सतर्क रहनु राम्रो हुन्छ ।

मिथुन  राशि(का,कि,कु,घ,ङ,छ,के,को,हा )–
गरेका कामहरुमा बाधा आउनुका साथै आर्थिक हानी हुनेछ, रोगको कारणले धनको पनि नाश होला । आज तपाइलाई अल्छी पनले सताउला, शरिरमा रोग लाग्नाले धनको पनि क्षति होला । पेटको खराबीले स्वास्थ्य कमजोर बन्नुका साथै काममा ढिलासुस्ती हुन सक्छ, खानपानमा बिचार पुर्याउनु होला ।

कर्कट राशि( हि,हु,हे,हो,डा,डि,डु,डे,डो ) –
आर्थीक पक्षमा सफलता मिल्नुका साथै मिल्ने साथी संगको भेटले मन रमाउने छ, प्रशस्त पैसाको कारोबार होला । परिश्रम अनुसार उपलब्धि राम्रै पाइएला । रोकिएका काम फेरी सुरु हुन सक्छन्, पाहुनाको आगमन हुने दिन छ ।तपाइको बुद्घिको सहि प्रयोग भइ चिताएका काममा सफलता पाइने योग छ, अन्नको लाभ पनि होला ।

सिंह राशि( मा,मि, मु,मे,मो,टा,टि,टु,टे ) –

परिश्रम गर्न सके जती खेर जादैन अर्थ लाभ र प्रगतिको प्रसस्त सम्भावना छ, यात्रा पनि होला । आज चिताएको काममा सफलता पाइनेछ धन लाभ पनि हुने दिन छ, कूसैबाट समर्थन पनि पाइएला । धनको लाभ अर्थात रुपैया पैसा कमाइने दिन छ, पुराना साथीसंगको भेटघाटले मन रमाउने छ ।

कन्या  राशि( टो,पा,पि,पु,ष,ण,ठ,पे,पो ) –

अनौठो र लाभदायक यात्राको योग छ । सर सामान बिग्रेर दुख पनि पाइएला, परिवारमा हल्का विवाद हुन सक्छ । शरिरमा सामान्य रोगले सताउला तर पनि समाजिक सम्मान भने पाउने समय छ, यात्राको पनि योग छ । अनौठो तरिकाबाट रुपैयापैसा कमाइने छ, आज रमाइलो यात्राको योग पनि रहेको छ,।

तुला राशि( रा,रि,रु,रे,रो,ता,ति,तु,ते ) –

सोचे आनुरुप काम नहुने र बढी खर्चले गर्दा मनमा शान्ति मिल्ने छैन, सामान्य रोगले पनि सताउला । आर्थिक पक्ष खासै राम्रो छैन नसोचेको अनि बेकामको क्षेत्रमा पैसा खर्च हुनेछ सावधान रहनु होला । आज तपाइलाइ सामान्य रोगले सताउला सावधान रहनु होला साथै भौतिक सरसामनको पनि क्षति हुने दिन छ ।

Inside Article Ads

वृश्चिक राशि( तो,ना,नि,नु,ने,नो,या,यि,यु ) –

प्रेम प्रसंगको बिग्रेको सम्बन्धमा केहि सुधार आएपनी मानसिक तनाब होला, सोचेको काम पुरा नहुन सक्छ । बिहानी पख सुखको अनुभव होला तर बेलुकी काम गर्नमा मन नलाग्न पनि सक्छ । बन्देन भनेको काम पनि तपाइको अथक प्रयासमा बन्ने दिन छ, आफन्तको सहयोग पनि प्राप्त हुने दिन छ ।

धनु  राशि(ये,यो,भा,भि,भु,धा,फा,ढा,भे)–

शत्रु र रोग पन्छाउने उचित समय छ प्रयास गर्नु होला, पढाइमा भने आज खासै प्रगति नहोला । आजको दिन तपाइको पैसा कमाउने योग रहेको छ, नचिताएको टाउबाट आम्दानी हुने दिन छ । आम्दानीका प्रशस्तै बाटाहरु ख्ुल्ने दिन छ, ब्यापार ब्यवसायमा राम्रै आम्दानी हुने दिन छ ।

मकर राशि(भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )–

गरेका कामहरु सफल हुनेछन भने अधुरा कामहरु पनि बन्ने छन, पैसा भने अनायसै खर्च होला । कुनै नया कामको थालनी गर्नु भए राम्र्रो हुन्छ, परिवारमा आर्थिक समस्याले पनि सताउने छ । काम गर्न जागर आउनाले धनको लाभ होला, सन्तान पक्षबाट सुखको अनुभुति पनि हुनेछ ।

कुम्भ  राशि( गु,गे,गो,सा,सि,सु,से,सो,दा )–

झै झगडाको सम्भावना छ, मनमा डरले पनि डेरा जमाउने छ, सावधान रहेर काम गर्नु होला । तपाइलाइ आज अनावश्यक रुपमा डर लाग्न सक्छ सतर्क रहनु होला, कसैसंग हल्का मनमुटाव पनि होला । विचार बढने समयमा निर्णय नहुदा काममा अवरोध आउने र मनमा चिन्ता बढने योग छ ।

मीन राशि( दि,दु,थ,झ,ञ,दे,दो,चा,चि )–

केहीले सम्मान गर्नेछन् केहीले अनावस्यक डर देखाउने किसिमको मिश्रित समय छ । तपाइको आज कसैबाट आदर पाउने दिन छ, तर पनि जागिरमा भने खासै मन नजाला । धन मान पाउने योग छ । नोकरि तथा राजनितीमा आफनु बर्चस्व बढाउन सकिनेछ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

Visited 61 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.