
मेष राशि( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )-
विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउन सक्छ। नयाँ काम प्रारम्भ हुनेछ भने आम्दानी बढ्नेछ। विगतका कर्मको उचित प्रतिफल पाइनेछ।
वृष राशि इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )–
योजना गोप्य राखेर काममा अघि बढ्नुहोला। आँटेको काम बन्नेछ। अर्थ स्रोतहरू फेला पर्नेछन्।
मिथुन राशि( का, कि, कु, घ, ङ, छ, के, को, हा )–
दिगो काममा जग बसाउने अवसर जुट्नेछ। नयाँ कामको प्रस्ताव आए पनि आश्वासन दिने मानिसबाट सचेत रहनुहोला। मिहिनेत गर्दा नाम, दाम र इनाम हातपार्न भने सकिनेछ।
कर्कट राशि( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )–
अर्थ अभाव देखापर्न सक्छ। बेलैमा होस नपुग्नाले केही चुनौती झेल्नुपर्ला।आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन्।
सिंह राशि( मा, मि, मु, मे, मो, टा, टि, टु, टे ) –
कामबाट विशेष फाइदा हुनेछ। लाभ मिल्नेछ। प्रशंसकहरू बढ्नेछन् र शुभचिन्तकहरूको साथ पाइनेछ। नयाँ अवसर प्राप्त हुनुका साथै आम्दानीका स्रोत फेला पर्नेछन्। श्रमको उचित मूल्यांकन हुनेछ। प्रयत्न गर्दा छोटो समयमै काम बनाउन सकिनेछ।
.कन्या राशि( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )–
विभिन्न अवसरले पछ्याउनेछन् । कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ। नोकरी तथा व्यापार–व्यवसायमा लाग्नेहरूलाई फाइदा होला।
तुला राशि( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )–
कामको जिम्मेवारी बढ्नेछ। अध्यात्मभाव जागृत हुनुका साथै धर्मकर्म र परोपकारी काममा समेत प्रवृत्त भइनेछ।

वृश्चिक राशि( तो, ना, नि, नु, ने, नो, या, यि, यु ) –
रोकिएका काम सम्पादन हुनेछन्। । सामान्य धनलाभ भए पनि फजुल खर्च बढ्नेछ।
धनु राशि( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )–
मित्रता र प्रेमको बन्धन कसिनेछ भने अतिथिको रूपमा सत्कार प्राप्त हुनेछ। परिवारजनको साथले उत्साह जगाउनेछ। अ व्यवसायबाट सामान्य आम्दानी भइरहनेछ। भौतिक वस्तुहरू जुटाउन सकिनेछ।
मकर राशि( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )-
मेहनतले प्रतिस्पर्धाको दौडमा सफलता दिलाउनेछ। भौतिक साधन जुट्नेछन्।चिताएको काम बनाउन सकिनेछ। शत्रु परास्त हुनेछन् भने रोगबाट पनि छुटकारा मिल्नेछ।
कुम्भ राशि( गु, गे, गो, सा, सि, सु, से, सो, दा )–
लाभ हुने काम प्रारम्भ हुनेछ। फाइदाको स्रोत पहिल्याउन सकिनेछ। गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्नेछ। थोरै भए पनि दिगो लाभ हुने काम प्रारम्भ हुनेछ।
मीन राशि( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )–
महत्त्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्नुपर्ला।परिस्थितिसँग सम्झौता गर्नुपर्ला। नयाँ काममा हात हाल्न केही समय पर्खनुहोला। नियमित कामलाई निरन्तरता दिन सकिनेछ।
राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।