मेष राशि( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
पुरुषार्थी काम गर्न सकिनेछ। शत्रु परास्त हुनेछन् । गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। मिहिनेतले सफलताको उचाइमा पुर्याउनेछ।
Visited 60 times, 1 visit(s) today
मेष राशि( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
पुरुषार्थी काम गर्न सकिनेछ। शत्रु परास्त हुनेछन् । गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। मिहिनेतले सफलताको उचाइमा पुर्याउनेछ।
मिथुन राशि( का, कि, कु, घ, ङ, छ, के, को, हा )–
पहिलेको सफलताले हौसला जगाउनेछ। बिछोडिएका आफन्तजन भेटिनेछन्। प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। मिहिनेतले सम्मानित स्थानसमेत दिलाउनेछ।
कर्कट राशि( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )–
फजुल खर्च हुन सक्छ। अवसरका लागि कडा परिश्रम गर्नुपर्ला। देश–विदेशको यात्रा गर्ने प्रक्रिया अघि बढ्नेछ। छर–छिमेकमा असमझदारी देखिनेछ भने बेसुरको काममा अलमल हुनेछ।
सिंह राशि( मा, मि, मु, मे, मो, टा, टि, टु, टे ) –
सामान्य काममा पनि दोहोर्याएर प्रयत्न गर्नुपर्ला। पछिका लागि गरिएको लगानी भने फाइदाकारक रहनेछ।
.कन्या राशि( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )–
नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। रचनात्मक कामले फाइदा दिलाउनेछ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ समय फलदायी रहनेछ।
तुला राशि( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )–
शुभचिन्तकहरूको साथ–सहयोगले मात्र अप्ठ्यारा चुनौती पार लगाउन सकिनेछ। अध्यात्मभाव जागृत हुनेछ। परोपकार तथा सेवामूलक काममा मन जानेछ।
वृश्चिक राशि( तो, ना, नि, नु, ने, नो, या, यि, यु ) –
न्यून उपलब्धिमै चित्त बुझाउनुपर्ला। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। पहिलेका समस्या दोहोरिन सक्छन्। सानातिना घरेलु कामले अल्झाउन सक्छ।
धनु राशि( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )–
धन तथा ज्ञानको भण्डार बढ्नेछ। जीवनशैली आनन्दमय रहनेछ। अतिथिको रूपमा सत्कार पाइएला। आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ। प्रियभेट हुनुका साथै विशेष उपहार प्राप्त होला। प्रेम र मित्रताको बन्धन कसिने सम्भावना छ।
मकर राशि( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )-
सजिलै लक्ष्य प्राप्त हुनेछ। मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छभौतिक साधन जुट्नेछन् र दिगो फाइदा हुने काम सुरु हुन सक्छ।
कुम्भ राशि( गु, गे, गो, सा, सि, सु, से, सो, दा )–
ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ।
मीन राशि( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )–
परिस्थिति सोचेजस्तो अनुकूल नहुन सक्छ। अप्ठ्यारो पर्दा साथ दिनेहरू कमै भेटिनेछन्। अरूको फाइदाका लागि उपयोग भइनेछ भने काम बिग्रने डरले सताउनेछ।
राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।