Fast Nepal News

भदौ ३ गते आईतवारको राशिफल

banner single news

मेष  राशि( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )

धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्नेछ । प्रेमिकाको सुझावअनुरूप नयाँ कार्य सम्पन्न हुनेछ ।

वृष राशि इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )

आज अरुलाई प्रभावित पारेर काम बन्नेछ । रोकिएको धन हात पर्ला । न्यायिक कार्यमा सफलता मिल्नेछ । व्यापारमा राम्रै धनलाभ पनि हुनेछ ।

मिथुन  राशि( का, कि, कु, घ, ङ, छ, के, को, हा )

हिलेकाे नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला। आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्। अवसर प्राप्त भए पनि चुनौती देखापर्नेछन्।

कर्कट राशि( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )

आत्मीयता बढ्नेछ भने प्रेम र मित्रताको बन्धनसमेत कसिलो हुनेछ। व्यवसायको लगानीले मनग्गे धनलाभ हुनेछ। पहिलेको उपलब्धिले पनि उत्साह जगाउनेछ।

सिंह राशि( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )

ज्ञान र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ। दिन लाभदायक रहनेछ। आम्दानी बढाउने काम प्रारम्भ हुनेछ। बोली र विचारका प्रशंसकहरू बढ्नेछन्।

कन्या राशि( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )

सहयोगीहरूले राम्रो साथ दिनेछन् भने कामको सफलताले नयाँ काम गर्न हौसला प्रदान गर्नेछ। बिछोडिएका परिवारजनसँग भेटघाट हुने समय छ।

तुला  राशि( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )

समय दिन नसक्दा अध्ययनमा पछि परिनेछ। आफन्तबाट टाढिनुपर्ने परिस्थिति आउन सक्छ। प्रयत्न गर्दा यात्राको प्रक्रिया भने अघि बढ्नेछ।

वृश्चिक राशि( तो, ना, नि, नु, ने, नो, या, यि, यु )

आवश्यक भौतिक साधन जुट्नेछन्। श्रमको उचित मूल्य प्राप्त हुनेछ। व्यापारमा राम्रै फड्को मार्ने समय छ। छोटो समयमै राम्रो उपलब्धि हुनेछ।

धनु राशि( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )

लगनशीलताले विभिन्न अवसर दिलाउनेछ। प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ।

मकर राशि( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )

भविष्यका लागि सम्भावना खोजी गर्ने समय छ। पुरुषार्थी काम गर्दै लाभ उठाउन सकिनेछ। प्रयत्न गर्दा उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ।

कुम्भ  राशि( गु, गे, गो, सा, सि, सु, से, सो, दा )

दोहोर्याएर प्रयत्न गर्दा रोकिएको काम बन्नेछ। उपलब्धिका लागि समय प्रतीक्षा गर्नुपर्ला। परिस्थिति विचार गरेर मात्र नयाँ काम थालनी गर्नुपर्ला।

मीन राशि( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )

आँटेका काममा साथीभाइबाट सहयोग मिल्नेछ। व्यवसायको सन्दर्भमा यात्रा हुन सक्छ। सोखले खर्च भने बढाउन सक्छ। औपचारिकता र उपहारमा पनि अधिक खर्च हुनेछ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।`

 

Inside Article Ads
Visited 8 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.