
मेष राशि(चु, चे, चो, ला, लि, लु, ले, लो, अ) :
प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ। आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। कृषि, पशुपालन तथा व्यापारमा प्रशस्त फाइदा हुनेछ। चल–अचल धनको उपयोगबाट मनग्य फाइदा उठाउन सकिनेछ। मिहिनेत गर्दा दिगो फाइदा हुने काममा जग बसाउने मौका छ।यात्राको क्रममा लाभ मिलनेछ, सन्तानबाट पनि सुख पाइनेछ । मनमा रहेको डर हटेर काममा उत्साह बड्नेछ । टाढाको यात्रा गर्ने अवसर आउला, दिन सामान्य नै छ ।अनुकूल यात्राको सम्भावना छ । पठनपाठन सामान्य रहला, फुर्सदिलो समय छ ।
वृष राशि(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) :
मिहिनेतले जीवनशैलीमा परिवर्तन आउनेछ। लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ। सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुने सम्भावना छ। व्यापारमा पनि राम्रै फाइदा हुनेछ। प्रतिष्ठित काम गर्ने अवसर मिल्नेछ। विशिष्ट व्यक्तिको सहयोग जुट्नेछ। अरूलाई प्रभावित पारेर दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ।धेरै श्रमगरे पनि कामको कम मूल्याङ्कन हुनेछ । भएको आम्दानी र सञ्चित रकम पनि खर्च गर्नुपर्ला । हतारको निर्णयले काम बिग्रन सक्छ, सचेत रहनुहोस् । मान्यजनको सुझाव अप्रिय लाग्नेछ ।
मिथुन राशि(का, कि, कु, घ, ङ, छ, के, को, ह) :
साथ दिनेहरू नहुँदा दुःख पाइनेछ। बाध्यताले अप्ठ्यारो पार्न सक्छ। समाजमा आलोचित बन्नुपर्ला। शरीर कमजोर बन्नाले चिताएको काममा जुट्न नसकिएला। सामान्य काममा धन र श्रम खर्च हुनेछ। चिताएको काम पूरा नहुन सक्छ। सहयोगको नाममा आफ्ना कमजोरीको फाइदा उठाउनेहरू मात्र फेला पर्नेछन्। नयाँ काम प्रारम्भ गर्न केही समय प्रतीक्षा गर्नुहोला।खर्च बढने र स्वास्थय कम्जोर भइ काममा अवरोध आउनेछ । कुराकाटनेहरु बढनेछन सावधान रहनु होला ।नयाँ योजना बनाउन र दीर्घकालीन योजना बनाउन आजको दिन अनुकूल नहुन सक्छ ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) :
अस्वस्थ शरीर लिएर काममा जुट्नुपर्ने अवस्था आउन सक्छ। लगानीमा जोखिम बढ्ने समय छ। गोपनीयता बाहिरिन सक्छ। समस्याप्रति गम्भीर नबन्दा दुःख पाइनेछ। स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्याउनुहोला। परिश्रमका तुलनामा प्रतिफल कम देखिनेछ। खर्च तथा विवाद बढ्ने समय रहेकाले महत्त्वाकांक्षी योजनामा अघि नबढ्नुहोला।आज तपाइको खर्च भन्दा कमाइ नै बढी हुने योग छ, छरछिमेकबाट सरसहयोग प्राप्त होला ।दिगो फाइदा हुने काममा लगानी बढाउन सकिनेछ । काम र व्यापारमा पनि फाइदा हुनेछ । सोचने शक्तिबढने छ । कुराकाटनेहरु प्रसम्सा गर्न थालने छन, अन्न तथा धनको पनि वृद्धि हुनेछ ।
सिंह राशि(मा, मि, मु, मे, मो, टा, टि, टु, टे) :
काममा साथीभाइको सहयोग जुट्नेछ। धन तथा ज्ञानको भण्डार बढ्नेछ भने जीवनशैली आनन्दमय रहनेछ। अतिथिको रूपमा सत्कार पाइएला। आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ। व्यवसायले रमाइलो यात्रा गराउन सक्छ। प्रियभेट हुनुका सा परिश्रमले धेरैकाम बन्नेछन धनपनी मनग्य कमाउनु होला साथै भाग्य पनि बलियो छ ।थै विशेष उपहार प्राप्त होला। प्रेम र मित्रताको बन्धन कसिने सम्भावना छ। सोखले मालमत्ता जुटाउन प्रेरित गर्नेछ।
कन्या राशि(टो, प, पि, पु, ष, ण, ठ, पे, पो) :
रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ। मिहिनेतले राम्रै प्रतिफल दिलाउनेछ। प्रयत्न गर्दा दिगो फाइदा हुने काम हातलागी हुनेछ। चुनौती चिर्दै काम बनाउन सकिनेछ। शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा विजयी भइनेछ। पहिले ईर्ष्या गर्नेहरूले नै सहयोग गर्न थाल्नेछन्। व्यापारलगायत आर्थिक लाभ हुने काममा मनग्गे फाइदा हुने समय छ। पतिपत्नीबीच घरसल्लाह नमिल्न सक्छ साथै आर्थिक संकट पनि होला विचार पुर्याउनु भए बेश होला । अनावश्यक रुपमा कसैसंग झै झगडा हुन सक्छ, साथै यात्रामा पनि सावधान रहनु होला, ।
तुला राशि(र, रि, रु, रे, रो, ता, ति, तु, ते) :
अस्वस्थताले कमजोरीको अनुभूति हुनेछ। कामको गति सुस्त हुनाले प्रतिफल पनि प्रभावित हुनेछ। आफ्नै कमजोरीले लक्ष्यमा पुग्न नसकिएला। राम्रो नतिजा हातपार्न काम दोहोर्याउनुपर्ला। नयाँ काम प्रारम्भ गर्न केही समय प्रतीक्षा गर्नुहोला। अरूको भरले मात्र उद्देश्य पूरा नहुन सक्छ। सहयोगीहरू पछि हट्नेछन् र कमजोरीको फाइदा अरूले उठाउन सक्छन्।जागिरमा आज अनावश्यक झमेलाको सामना गर्नुपर्ने दिन छ, कसैबाट अपमानित पनि भइएला । कामको सन्दर्भमा रमाइला व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । कला क्षेत्रमा रुचि बढ्नेछ । मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । मित्रले प्रशंसा गर्नेछन्, नसोचेको सम्मान मिल्ने दिन छ ।
वृश्चिक राशि(तो, ना, नि, नु, ने, नो, या, यि, यु) :
परिस्थिति सोचेजस्तो अनुकूल नहुन सक्छ। नजिकका साथीभाइसँग असमझदारी बढ्नेछ भने काम बिग्रने डरले सताउन सक्छ। समयमा सजग नबन्दा शुभचिन्तकहरू समेत टाढिन सक्छन्। बेसुरमा वचन दिने बानीले समस्या निम्त्याउनेछ। अप्ठ्यारो पर्दा साथ दिनेहरू कमै भेटिनेछन्। सानो भूल गर्दा मिहिनेतको फल अरूलाई सुम्पनुपर्ने अवस्था आउन सक्छ। कामबाट सजिलै फुर्सद पाइनेछ । मनमा प्रसन्नता मिल्ने दिन छ, आफन्तुसंग भेटघाट होला । अधुराकाम बन्ने तथा नयाँकाम पाउने योग छ । धन मनग्य कमाउने अवसर मिलनेछ ।
धनु राशि(ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) :
प्रयत्न गर्दा राम्रै अवसर जुट्नेछ। काममा मिहिनेतको फल प्राप्त हुनेछ। साथीभाइले राम्रै सहयोग जुटाउनेछन्। रचनात्मक काममा जुट्ने समय छ। रोकिएका काम पुनः सुरु हुन सक्छन्। पछिसम्म लाभ हुने काम प्रारम्भ गर्ने समय छ। भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ होला। व्यापारमा पनि मनग्य धनलाभ हुनेछ। सेवामूलक कामबाट प्रतिष्ठा पाइनेछ।अधुराकाम बन्ने तथा नयाकाम पाउने योग छ । कुराकाट्ने हरुको मुखबन्ध हुनेछ । व्यवसायमा थप लगानी बढाउन सकिनेछ । वैदेशिक तथा ब्यापारिक कामकाजमा फाइदा होला । व्यापार–व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा होला । रुचिका विषयमा लगानी बढाउने समय छ ।
मकर राशि(भो, ज, जि, खि, खु, खे, खो, गा, गि) :
अवसर प्राप्त भए पनि समयको महत्त्व नबुझ्नाले पछि परिनेछ। अध्ययनमा धेरै समय दिन नसकिएला। अरूको मुख ताक्ने बानीले पनि काम अधुरो रहनेछ। आफ्ना कमजोरीमाथि टिप्पणी हुने समय भएकाले बोली–व्यवहारमा सजग रहनुपर्ला। व्यवहारमा शुभचिन्तकहरूको भावना बुझ्ने चेष्टा गर्नुहोला। सोखले खर्च बढाउने हुँदा अर्थ अभाव समेत देखापर्न सक्छ।भौतिक साधनको क्षतिले अनावश्यक धन नाश होला, मनमा पिडाले डेरा जमाइ शरिरमा रोग लाग्न सक्छ । स्वास्थ्यमा अचानक गडबडी आउने सम्भावना देखिन्छ । चोटपटकको भय पनि छ होस पुर्याउनु होला । बाटो काट्दा वा हातहतियारको प्रयोग गर्दा सचेत रहनुहोला, निको भएको रोगले पुन सताउन सक्छ ।
कुम्भ राशि(गु, गे, गो, सा, सि, सु, से, सो, द) :
अवसरका साथ चुनौती पनि देखा पर्नेछन्। आगन्तुकहरूले अलमल्याउने हुनाले जीवनशैली व्यस्त रहनेछ। खानपानको असावधानीले स्वास्थ्य प्रतिकूल बन्न सक्छ। परिस्थिति अनुकूलै देखिए पनि काम बिग्रने डरले सताउनेछ। पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ। लगनशीलताले फाइदा दिलाउनेछ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला।महत्वपूर्ण काम धेरै बन्नेछन, लगनशिलता र इमान्दारिताको प्रसम्सा गर्नेहरु पाइएलान, मनमा शान्ति छाउनेछ । परिवार सँग आत्मीयता बढ्नेछ । प्रेम प्रस्तावको पनि सम्भावना छ, संगीत सिक्नमा मन जाला । विभिन्न अवसरले पछ्याउनेछन् । भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ, वित्तादी लाभ होला ।
मीन राशि(दि, दु, थ, झ, ञ, दे, दो, च, चि) :
भैपरी आउने खर्चले चिन्ता बढाउन सक्छ। समय दिन नसक्दा बन्न लागेको कामसमेत बिग्रन सक्छ। व्यवसायमा लगानी बढाउनुपर्ला। तत्काल फाइदा लिँदा भविष्यमा नोक्सान हुने देखिन्छ। समयमा होस नपुग्नाले व्यवहारमा पछि परिएला। आफ्नाबाटै टाढिनुपर्ने परिस्थिति आउन सक्छ। अवसरका लागि निकै दौडधुप गर्नुपर्ला। यात्रा गर्ने प्रक्रिया रोकिन सक्छ।आर्थिक क्षेत्रमा प्रशस्त लाभ हुने संकेत छ, ब्यापार, कृषि, तथा बैदेशिक क्षेत्रमा दिन एकदमै राम्रो छ ।आम्दानी बढ्न सक्छ । घुमघाम, भेटघाट र मनोरञ्जनमा दिन बित्नेछ, मिष्ठान्न भोजनको योग रहेको छ । अरुको विस्वास जित्न सजिलै सकिनेछ । धन मान पाउने योग छ, गरेको कामबाट फाइदा नै हुनेछ ।
