Fast Nepal News

फागुन १० गते बुधबारको राशीफल

banner single news

मेष राशी– (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) :

स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ । व्यापारमा भने कम मात्र फाइदा होला । भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ । व्यापारमा प्रशस्त फाइदा हुनेछ । विभिन्न सहयोग र उपहार पाइनेछ । भौतिक साधन जुट्नेछ । आयआर्जन पनि राम्रै हुनेछ। अतिथिका रूपमा सम्मान प्राप्त हुन सक्छ।काम दोहोर्याउनुपर्ने स्थितिसमेत आउन सक्छ। पहिलेको कारोबार नमिल्नाले व्यवहारमा समस्या पर्न सक्छ। ठूलो भाग पाउने मोहले भएको वस्तुसमेत गुम्न सक्छ। टाढाका साथीभाइको निम्तो प्राप्त हुनेछ।

वृष राशी–(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) :

पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ, तर पनि नसोचेको रोगले भने सताउने देखिन्छ । अरूका काममा समय बित्न सक्छ । उपलब्धि प्राप्त गर्न निकै मिहिनेत गर्नुपर्नेछ । काम पूरा नहुनाले मन खिन्न रहनेछ । अनावश्यक भ्रमणमा समय बित्न सक्छ । स्वास्थ्यगत समस्याले पनि सताउने देखिन्छ । उपचारमा खर्च हुने योग छ ।व्यापार बढ्नेछ भने दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ। श्रमको उचित मूल्यांंकन हुनेछ। पढाइमा राम्रै प्रगति होला। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। साथीभाइले पनि फाइदा दिलाउनेछन्।

मिथुन राशी– (का, कि, कु, घ, ङ, छ, के, को, ह) :

प्रयत्न गर्दा महत्वपूर्ण वस्तु लाभ हुन सक्छ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ । लामो समयदेखि प्रतीक्षा गरिएको काम बन्न सक्छ । समयमा होसियार बन्न नसक्दा काम बिग्रने र खर्च बढ्ने देखिन्छ । मेहनतअनुसार फाइदा कमै होला । विद्यामा कमजोरी र लेनदेनमा विवाद होला। विगतका समस्या बल्झिन सक्छन् । सानातिना काम र घरेलु समस्यामा पनि अल्झनुपर्ने देखिन्छ ।विभिन्न अवसरले पछ्याउनेछन् भने कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता समेत बढ्न सक्छ। सामाजिक प्रभाव पनि बढ्नेछ। आफ्नो वर्ग वा क्षेत्रमा नेतृत्व हातलागी हुने सम्भावना छ।

कर्कट राशी– (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

चोरी वा ठगीमा परिने समय छ । आर्थिक कारोबार गर्दा निकै नै सजगता अपनाउनुहोला । अनावश्यक दौडधुपमा समय बित्नेछ । ठूलो प्रयत्न गर्दा पनि उपलब्धि उठाउन मुस्किल पर्नेछ। शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ। अरूले फसाउन सक्छन्। आफूलाई कमजोर भएको अनुभूति हुनेछ । मेहनतअनुसार फाइदा कमै होला। ठूलो प्रयत्न गर्दा पनि उपलब्धि हासिल नहोला ।कामको चापले जीवनशैली व्यस्त रहनेछ, स्वास्थ्यमा ध्यान पुर्याउनुहोला। सामाजिक समस्या सुल्झाउने जिम्मेवारी आउन सक्छ। परिस्थितिवश अध्ययनमा पछि परिनेछ। पेसा र व्यापारमा सोचेको फाइदा नउठ्न सक्छ। नतिजा सच्याउन काम दोहोर्याउनुपर्ला।

सिंह राशी– (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) :

रमाइलो यात्रा हुने सम्भावना छ । मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ । आम्दानी बढढ्नेछ परिवारजनका आवश्यकता पूरा हुनेछन् । दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ । प्रतिस्पर्धामा विजयी भइनेछ।नयाँ काम थाल्न समय पर्खनुहोला। प्रतिफल अनिश्चित रहे पनि गरी आएका कामलाई निरन्तरता दिन सकिनेछअरूका लागि बुद्धि खर्चनुपर्ला। उपलब्धिविहीन काममा समय बित्नेछ। रकम अभावले आजको योजना स्थगित हुन सक्छ। आश्वासन बाँड्नेहरूले झुक्याउनेछन् भने पहिलेका सहयोगीहरू पछि हट्न सक्छन्। आफ्नो श्रमबाट अरूले फाइदा उठाउलान्।।

कन्या राशी–(टो, प, पि, पु, ष, ण, ठ, पे, पो) :

आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। सामाजिक दायित्व बढ्नेछ । कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्नेछ । रोकिएका काम बन्नाले उत्साह जाग्नेछ । संघर्ष गरेरै अधिकार स्थापित गर्न सकिनेछ।विभिन्न उपहार प्राप्त हुने समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। प्रेम र मित्रताको बन्धन कसिनेछ भने दाम्पत्य सुखमा रमाउने समय छ। रोकिएका काम बन्ने र नयाँ काम प्रारम्भ गर्ने समय छ। व्यापारमा फाइदा हुनेछ। गरिएका कर्मको उचित प्रतिफल पाइनेछ। पुरुषार्थी कामले समाजमा स्थापित बनाउनेछ। चुनौती पन्छाएर पनि नयाँ काममा जग बसाउने मौका छ।

तुला राशी–(र, रि, रु, रे, रो, ता, ति, तु, ते) :

Inside Article Ads

भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ । कीर्तिमानी काम गर्ने समय छ । आफ्नै कमजोरीले विवादमा परिनेछ भने सद्विचारले अभिप्रेरित हुनेहरूलाई फाइदा हुनेछ । प्रयत्न गर्दा व्यावसायिक काम सम्पादन हुनेछन् । सवारीसाधन उपयोग गर्दा अलि सावधानी अपनाउनुहोला ।स्रोतसाधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ। मेहनतीहरूका लागि समय उत्साहजनक रहनेछ। साहसी काम गरेर अरूको मन जित्न सकिनेछ। प्रतिपक्षीहरू समेत सहयोगी बन्नेछन्। लगनशीलताले विभिन्न अवसर दिलाउनेछ। चिताएको काम बन्नुका साथै मनग्य धनलाभ हुनेछ।

वृश्चिक राशी–(तो, ना, नि, नु, ने, नो, या, यि, यु) :

श्रमको उचित मूल्यांकन होला। पढाइमा प्रगति हुनेछ । समय उत्साहवर्द्धक रहला । नयाँ ज्ञान प्राप्त हुने योग छ । लाभ हुने काम प्रारम्भ गर्ने समय छ। गरिएका कामको राम्रै मूल्यांकन हुनेछ। भौतिक साधनसमेत जुट्नाले प्रसन्नता मिल्नेछ। रमाइलो यात्रा गर्ने अवसर जुट्नेछ । कामको चापबाट पनि फुर्सद पाइनेछ ।प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला। आफ्ना विषयमा अरूले दाबी गर्न सक्छन्। परिस्थितिसँग सम्झौता गर्नुपरे पनि मिहिनेतले काम बन्नेछ। व्यापारमा धेरै फाइदा नभए पनि पशुपालन र कृषितर्फ सामान्य लाभ हुनेछ। सन्तान वा अनुयायीको साथले हिम्मत जगाउनेछ। नियमित काम सम्पादन हुनेछन्। सत्कार्यमा शुभचिन्तकहरूको साथ पाइनेछ।

धनु राशी– (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) :

मेहनतले आम्दानी बढाउनेछ । आयस्रोत बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । साझेदारीमा राम्रो फाइदा हुनेछ। आयआर्जनअरूको विश्वास गर्दा धोका हुन सक्छ। आफन्त र परिवारजनलाई समय दिनुपर्ने हुन सक्छ। कृषि, पशुपालन तथा घरेलु कामकाजमा बढी प्रवृत्त भइनेछ। परिवारमा आमाको सहयोग लिँदा काम बन्न सक्छ। व्यापारमा पनि बढी नै फाइदा हुने समय छ। परिवारजनको साथले नयाँ आशा पलाउनेछ ।

मकर राशी–(भो, ज, जि, खि, खु, खे, खो, गा, गि) :

कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ । अरूका विषायमा चासो लिँदा झमेला आइपर्ला । अस्वस्थताका बाबजुद कामको दायित्व बढ्नेछ । सानातिना काममा महत्वपूर्ण समय बित्न सक्छ । तपाईंको ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउन सक्छन् ।सहयोगीहरूले राम्रो साथ दिनाले चिताएका काम सम्पादन हुनेछन्। पुरुषार्थद्वारा प्रतिस्पर्धीहरूलाई पछि पार्न सफल भइनेछ। उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ। गरिएका कर्मको छोटो समयमै उचित प्रतिफल पाइनेछ। स्रोत–साधन जुट्नाले उद्योग र व्यापारमा लाग्नेहरूलाई विशेष फाइदा हुनेछ। मिहिनेतले दैनिकीमा परिवर्तन ल्याउन सकिनेछ।

कुम्भ राशी– (गु, गे, गो, सा, सि, सु, से, सो, द) :

ठूलो प्रयत्न गर्दा पनि उपलब्धि उठाउन मुस्किल पर्नेछ । परिवारजनबाट टाढिनुपर्ला । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ । सहयोगको आशा देखाउनेहरूले धोका दिन सक्छन, सचेत रहनुहोस् । व्यावसायिक काममा खर्च बढ्नेछ । अस्वस्थताले काममा ढिलासुस्ती हुन सक्छ ।आयआर्जनका स्रोत बढ्नेछन् भने उठ्नुपर्ने रकम हातलागी हुनेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ। अध्ययनमा राम्रै प्रगति हुनेछ। नयाँ ज्ञान सिक्ने समय छ। बुद्धिको उपयोगले अरूलाई आफ्नो पक्षमा लिन सकिनेछ। आवश्यक पर्दा सहयोगीहरूको साथ पाइनेछ। नयाँ काम गर्ने अवसर प्राप्त हुनाले दैनिकीमा समेत परिवर्तन आउनेछ। अध्ययनमा प्रगति हुनेछ।

मीन राशी–(दि, दु, थ, झ, ञ, दे, दो, च, चि) :

सन्तान वा अनुयायी र मातृशक्तिको सल्लाह, सहयोगले फाइदा हुनेछ । महत्वाकांक्षी योजना पनि बिस्तारै फलदायी हुनेछन् । व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा होला । रुचिका विषयमा लगानी बढाउने समय छ । विभिन्न अवसरले पछ्याउनेछन् । व्यापारमा सोचेको फाइदा नउठ्ने देखिन्छ ।आफन्तसँग भेटघाट हुनुका साथै स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। लक्ष्यअनुसार समयमै काम सम्पादन गर्न सकिनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। काममा विशेष अवसर प्राप्त हुनेछ। पहिलेको सफलताले पनि हौसला जगाउनेछ। व्यापारमा मनग्य फाइदा हुनेछ।

Visited 4 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.